किन बिग्रियो सामन्था र चैतन्यको वैवाहिक सम्बन्ध ?

१२ आश्विन २०७८, मंगलवार १६:०६ मा प्रकाशित

काठमाडौँ । दक्षिण भारतका चर्चित अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्थाको वैवाहिक जीवनमा संकट आएको विषय अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चामा रहेको छ ।२०१७ को अक्टोबरमा वैवाहिक सम्बन्धमा बाधिएका दुवै चर्चित कलाकारको छिट्टै डिभोर्स हुन लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

टाइम्स अफ इंडियाका अनुसार दुवै अहिले अलग्गै बसिरहेका छन् भने डिभोर्सको प्रक्रियामा रहेका छन् ।

करिब ७ बर्ष प्रेम सम्बन्धमा समेत रहेका चैतन्य र सामन्थको सम्बन्ध बिग्रिनुमा सामन्थाले पछिल्लो समय फिल्ममा दिएको बोल्ड सिन प्रमुख कारण रहेको बताइएको छ । सामन्थाले चर्चित वेब सिरिज ‘फेमिली म्यान २’ मा दिएको बोल्ड सिनप्रति उनका पति चैतन्य र ससुरा नागार्जुन असन्तुष्ट बनेका थिए । सामन्थाले त्यसपछि पनि बोल्ड फोटो सुट गरेको र त्यसले उनीहरुको सम्बन्धलाई झन् बिगारेको बताइएको छ ।

दक्षिण भारतीय फिल्ममा निकै चर्चित रहेकी समान्था हालै आफ्ना पति चैतन्यले अभिनेता आमिर खानका लागि होष्ट गरेको डिनर कार्यक्रममा समेत अनुपस्थित रहेपछि उनीहरुको सम्बन्धका बारेमा झन् अड्कल बाजी शुरु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउडमा सन् २०१८ को अन्तिम महिना डिसेम्बरमा उदाइन् सारा अलि खान । डिसेम्बरको पहिलो हप्ता उनले ‘केदारनाथ’मार्फत बलिउडमा

काठमाडौं । पछिल्लो समय प्रतीक्षा गरिएको फिल्ममध्येको एक हो ‘केजिएफ २’ । सार्वजनिक टिजरले बनाएको रेकर्डले पनि दर्शकमा फिल्मलाई लिएर

काठमाडौं। सञ्जयलीला भन्साली पछिल्लो समय पिरियड ड्रामा जनरका फिल्म बनाइरहेका छन् । यद्यपि उनको लभस्टोरीलाई दर्शकले प्रतीक्षा गरिरहेको लामो समय

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी