तारा यएरको बिमान दुर्घटना

५ आश्विन २०६९, शुक्रबार १३:२६ मा प्रकाशित

काठमाडौं, ५ असोज । डोल्पाको जुफाल विमानस्थलमा तारा एयरको विमान शुक्रबार बिहान दुर्घट्नामा परेको छ । बिमान डोल्पाबाट नेपालगंजका लागि उड्न लागेको बेला दुर्घटनामा परेको हो ।
बिहान ९ बजेर २८ मिनेटमा उड्न लागेको उक्त ट्वीनअटर विमान रन वे भन्दा ५० मिटर बाहिर गएर विमानस्थलको तारवारमा ठोक्किंदा बायाँतर्फको पखेटा, इन्जन र चक्कामा क्षति पुगेको बताइएको छ । बिमानको ल्यान्डिङ गियर पनि भाँचिएको छ । दुर्घट्नामा विमानलाई क्षति पुगे पनि चालक दल सहित विमानमा रहेका ७ जना सबै सकुशल छन् । विमानमा चालक दलका ३ सदस्य, तारा एयरकै २ जना इन्जिनियर तथा २ जना यात्रु थिए ।
विमानका पाइलट सुनिल जोशी, कोपाइलट वसन्त लामा थिए भने विमान एयर होस्टेज एलिसा बज्राचार्य, इन्जिनियर के शर्मा, आर शाही तथा यात्रु एच के रोकाया र सी बुढा थिए । सिनियर पाइलटले जुनियर पाइलटलाई कमान्ड दिएको बेला उक्त दुर्घट्ना भएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार