पूर्वराजाको म्याग्दी भ्रमण रद्द, बन्द म्याग्दी खुल्यो

५ आश्विन २०६९, शुक्रबार १०:२० मा प्रकाशित

पोखरा, ५ असोज । स्थानीय राजनीतिक दलहरुले शुक्रबार म्याग्दी जिल्ला बन्द घोषणा गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाहको आज हुने भनिएको म्याग्दीको धार्मिक भ्रमण रद्द भएको छ। बन्दमा जोखिम मोलेर जानुभन्दा म्याग्दीको भ्रमण रद्द गर्नु नै उचित हुने निश्कर्ष निकाल्दै भ्रमण रद्द गरिएको हो ।
भ्रमण रद्द भएपछि शुक्रबार दिनभर नै पूर्वराजा शाहले पोखरामै आराम गर्नुहुने बुझिएको छ । शनिबारदेखि अन्य जिल्लाहरुको भ्रमण भने यथावत रहने जनाइएको छ ।
पूर्वराजाको भ्रमण रद्द भएलगत्तै बन्द भएको म्याग्दीका बजार, पसल, यातायात खुलेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो नेतृत्वमा सरकारमा सहभागी नहुने बताएका छन् । यसअघि उपप्रधानमन्त्रीसहित

काठमाडौँ । यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ । विश्वका

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक(जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन

बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको गाउँ नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र