इपिएल क्रिकेटः काठमाडौं र पोखरा भिड्दै

१२ आश्विन २०७८, मंगलवार ०८:०७ मा प्रकाशित

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) को चौथो दिन आज मंगलबार एउटा मात्र खेल हुँदैछ । चौथो संस्करणको इपिएल टी-ट्वान्टी क्रिकेटमा आज काठमाडौं किङ्स इलेभन र पोखरा राइजोन भिड्न लागेका हुन् ।

खेल मध्याह्न सवा १२ बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंको यो तेस्रो खेल हो । काठमाडौं दोस्रो जित निकाल्ने योजनामा हुनेछ । यस अघि काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो।

सोमबार तय काठमाडौं र विराटनगर वारिवर्सबीचको खेल भने बर्षाका कारण मैदान ओसिलो हुँदा टसनै नभई खेल रद्द भएको थियो ।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेको छ । पोखराको यो दोस्रो खेल हो । पहिलो खेलनै वर्षाले प्रभावित भएपछी पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाँडेको थियो । १० ओभरको खेल जारी रहँदा वर्षा भएपछि खेल रोकिएको थियो । अन्तिम समयसम्म पनि वर्षा नरोकिएपछि दुबै टोलीलाई १-१ अंक बाँडिएको थियो ।

सोमबारका दुबै खेल समेत वर्षाका कारण हुन सकेन । पहिलो खेलमा काठमाडौं र विराटनगरले मैदान ओसिलो हुँदा टस नै गर्न पाएनन् । दोस्रो खेलमा चितवन र भैरहवाबीचको खेलमा टस हुने तय हुँदा पुनः वर्षा भएको थियो ।

दुबै खेल पुनः खेलाइने वा अंक बाँडन भन्ने विषय तय हुन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा आज बिहीबार घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।बिहीबार रिपब्लिकन सेन्ट्रल

काठमाडौं । साविकको विजेता म्यानचेस्टर सिटी कारावाओ कपको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । बुधबार भएको खेलमा सिटी वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित हुँदा रोमा र इन्टर मिलन भने विजयी भएका छन् । बुधबार राति

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।