पोखरा भ्रमणमा आउनुभएका राजदूत एवं कूटनीतिज्ञहरु

११ आश्विन २०७८, सोमबार १८:१७ मा प्रकाशित

विश्व पर्यटन दिवसका अवसरमा पोखरा भ्रमणमा आउनुभएका विभिन्न राष्ट्रका राजदूतसहित कुटनीतिक नियोगका प्रमुख सोमबार कास्कीकोटस्थित देउरालीमा पदयात्रा गर्ने क्रममा स्थानीयवासीले आयोजना गरेको खाजामा सरिक हुँदै। । पदयात्रामा कतार, यूएई, फिनल्याण्ड, उत्तरकोरिया, साउदी अरेबिया, श्रीलङ्का, बङ्गलादेश, जर्मनीलगायत देशका राजदूत तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिवलगायत अन्य कुटनीतिक नियोगका प्रमुखहरु सहभागी हुनुहुन्छ । तस्बिरः राधिका कँडेल

प्रतिक्रिया
सम्बन्धित खवर

बर्दियाको राजापुर नगरपालिकाको दौलतपुरघाटमा कर्णाली नदीको बाढीले बगाएर ल्याएको दाउरा संकलन गदै स्थानीय । तस्बिर: सरोज कामत

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित श्रीगणेश सामुदायिक वन समूहद्वारा सञ्चालित शान्ति उद्यानमा निर्मित बुद्ध प्रतिमामा तस्वीर खिचाउँदै

अन्नपूर्ण आधार शिविरमा पुगेका आन्तरिक पर्यटक । दशैं लगत्तै देशका विभिन्न स्थानबाट अन्नपूर्ण आधार शिविर, मर्दी पदमार्गसहितका पदमार्गमा पदयात्रीहरूको चाप

मौसम खुलेपछि स्वयम्भूबाट देखिएको हल्चोक क्षेत्र । लगातार तीन दिन वर्षापछि बिहीबारबाट देशभरकै मौसम सफा रहको जल तथा मौसम विभागले