असन्तुष्ट पूर्वलडाकूहरु बिद्रोहमा, ट्रकमा आगजनी

५ आश्विन २०६९, शुक्रबार १०:११ मा प्रकाशित

काठमाडौं, ५ असोज । लडाकू समायोजनको काम सकियो अब शान्तिप्रक्रिया समाप्त भयो भनी एमाओवादी नेतृत्वको सरकारले दाबी गर्न थालेलगत्तै असन्तुष्ट पूर्वलडाकूहरुले हतियारसहित विभिन्न क्रियाकलाप प्रदर्शन गर्न थालेका छन् । शुक्रबार बिहान धादिङमा भएको घटनाले यही पुष्टि गरेको छ ।
आफूलाई पूर्वलडाकू बताउनेहरुको एक हतियारधारी समूहले शुक्रबार बिहान (राती) २ बजेतिर धादिङको भुमेस्थान गाविस वडा नं ६, सिम्ले र बेनिघाटको भैंसेमा गरी ३ वटा ट्रक जलाएका छन् । हतियार सहित आएका करिब तीन दर्जनको समूहले सडकमा ढुङ्गा राखेर अवरोध गरी चालक र खलासीलाई निकालेर मट्टितेल छर्केर आगो लगाइदिएको बताइएको छ । विरगंजबाट काठमाडौं चिनी लिएर आउँदै गरेको ना ३ ख ८८३७ नम्बरको ट्रक जलेर इञ्जिन लगायत अघिल्लो भाग ध्वस्त भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

सोही समुहले ना २ ख ४६१६ नम्बरको वियर बोकेको ट्रकमा समेत आगो लगाएका छन् । सो समूहले चालकसंग मोवाइल लुटि आगो लगाइदिएको प्रहरीले जनाएको छ । संगै रहेको एउटा कारबाट पनि मोवाइल लगायतका सामाग्री लुटेर लगेको प्रहरीको भनाइ छ ।
यसैगरी सोही समूहले विहान साँढे तीन बजे बेनिघाट गाविसको विशालटारमा लु१ख ६०२३ नम्बरको सिमेन्ट बोकेर काठमाडौं आउँदै गरेको ट्रक पनि जलाएको बेनिघाट प्रहरी चौकीले जनाएको छ । घटनास्थलमा हसिया हथौडा अंकित कम्युनिष्ट पार्टीको झण्डा समेत फेला परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार