कांग्रेसमा कसैको देखिएन खास पकड, जिल्ला जिल्लामा केन्द्रीय नेताहरूकै वर्चश्व

११ आश्विन २०७८, सोमबार १५:०७ मा प्रकाशित

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र झन्डै ६० जिल्लामा पालिका तहको अधिवेशन सम्पन्न भइसकेको छ ।

वडा र पालिका तहको अधिवेशनको नतिजा हेर्दा कसैले पनि बुरुक्क उफ्रिनु पर्ने कारण देखिएको छैन । वडा र पालिका तहको अधिवेशनमा मिश्रित परिणाम आइरहेको छ ।

जिल्ला जिल्लामा केन्द्रीय नेताहरूकै वर्चश्व देखिएको छ । संस्थापन र पौडेल पक्ष मात्रै होइन, अन्य नेताहरूको पकड पनि देखिएको छ । जस्तै, तनहुँमा रामचन्द्र पौडेल, शंकर भण्डारी, प्रदीप पौडेल, ध्रुव वाग्ले, नवलपरासीमा शशांक कोइराला, झापामा कृष्णप्रसाद सिटौला, नुवाकोटमा अर्जुन नरसिंह केसी, सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेतको राम्रै पकड देखिएको छ ।

सभापति शेरबहादुर देउवाको डडेल्धुरामा बलियो पकड देखिए पनि जिल्ला कार्यसमिति नै विपक्षमा छ । उसले अधिवेशनलाई मान्यता नदिने चेतावनी दिइसकेको छ । देउवा पक्ष दाङ, रूपन्देही, ओखलढुंगामा बलियो देखिएको छ । नत्र अन्य जिल्लामा खासै पकड देखिएन ।

अहिलेसम्म सभापतिमा दाबी प्रस्तुत गरेका उपसभापति विमलेन्द्र निधिको पकड भएका पालिका कहीँकतै देखिएन । हुन त प्रदेश २ का ६ जिल्लामा क्रियाशील सदस्यता वितरणमा विवाद देखिएकाले त्यहाँ वडा तहको अधिवेशन नै हुन सकेको छैन ।

त्यसैले पनि निधि पक्षका नेताहरू नदेखिएका हुन् । वडा र पालिका तहको नेतृत्वका साथै त्यहाँबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएर जानेले नै कांग्रेसको केन्द्रीय महाधिवेशनमा प्रभाव पार्ने हुन् ।

अब क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनमा कस्ता नेता आउँछन् त्यसले संस्थापन र पौडेल पक्षमध्ये को बलियो भन्ने निर्धारण गर्ने कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसद्मा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्