एमालेले दिनदिनै निहुँ खोज्न थालेपछि सभामुख सापकोटाको यस्तो ‘एक्सन’ !

११ आश्विन २०७८, सोमबार १४:४३ मा प्रकाशित

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन् ।

बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्दा पनि नमानेपछि सभामुख सापकोटाले कार्यसूची अगाडि बढाएका छन् ।

विगतजस्तै सोमबार बसेको प्रतिनिधिसभा बैठकको सुरूमै एमाले सांसदले नाराबाजी गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको पत्र सभामुख सापकोटाले कायम नगरेको भन्दै एमाले सांसदले भदौ २३ गतेदेखि संसदमा निरन्तर नाराबाजी गर्दै आएका छन् ।

एमाले सांसदले संसदीय मर्यादा कायम गर भनेर नारा लगाएपछि सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल नहुने कुरा पुनः दोहोर्‍याएका छन् ।

एमालेको नाराबाजी चलिरहेपनि सभामुख सापकोटाले विनियोजन विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका छन् ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट पारित भएका आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित भएको सन्देश सुनाएका छन् ।

लगातार अवरोध सिर्जना गर्दै आएको एमाले सांसदहरुले सोमबारको बैठकमा भने नयाँ ‘नारा’ पनि लगाएका छन्। उनीहरुले ‘कालो धनलाई वैधानिक बनाउन पाइँदैन’ भन्दै नारा लगाएका हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसद्मा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ

काठमाडौं । विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । बाढी पसेर बन्द भएको विमानस्थल दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय