
काठमाडौं, ५ असोज । आज शुक्रवार बस्ने चार दलको बैठकले तत्काल प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पदमुक्त गर्दै नयाँ सहमतिको सरकार गठन गर्ने विषयलाई टुङग्याउनु पर्ने धारणा एमाले नेता भीम रावलले अघिसारेका छन् । उनले अबको नेतृत्व कांग्रेसको भए त्यो एमालेलाई स्विकार्य हुने भन्दै एमालेले तत्कालै सरकारको नेतृत्व दावी नगर्ने स्पष्ट पारे ।
रावलले आगामी संविघानसभाको निर्वाचनसँगै संविधानका विवादित विषयमा जनमत संग्रह र स्थानीय निकायको निर्वाचन पनि संगसंगै गर्नुपर्ने मौलिक धारणा अगाडि सारे । उनले अब निर्वाचित हुने संविधानसभा पहिलाको जस्तो अनन्त कालको लागि हुन नसक्ने भन्दै एक वर्षमा संविधान लेखेर जारी गर्ने गरी र बाँकी समय संसदको रुपमा कार्य गर्ने गरी निर्वाचन गर्नुपर्ने बताए । रावलले भने– ‘एक वर्षमा नभए थप तीन महिना समय दिने त्यसमा पनि नभए जनमत संग्रहमा जाने गरी ब्यवस्था गर्नुपर्छ ।’
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने
काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार
काठमाडौं । नयाँ सत्ता समीकरणमा लगभग सहमति नजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान
काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र