शुक्लाले जितिन् ‘मिस नेपाल युएस-२०२१’को उपाधि

११ आश्विन २०७८, सोमबार १४:०७ मा प्रकाशित

न्यूयोर्क । ‘मिस नेपाल युएस–२०२१’को ताज प्रतिक्षा शुक्लाले जितेकी छन् । न्यूयोर्कमा आयोजित फिनालीमा आफ्ना दश जना प्रतिस्पर्धीलाई पछि शुक्लाले उपाधि हात पारेकी हुन् । यस्तै, कला न्यौपाने फस्ट रनरअप एलिसा लिम्बु सेकेन्ड रनरअप घोषित भए । विजेताले क्रमशः १५००, १००० र ५०० अमेरिकी डलर जिते ।

मिस नेपाल आयोजक संस्थाको दशौं वार्षिकोत्सवअन्तर्गत यसपटक फिनाली आयोजना गरिएको हो । शीर्ष दशमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतिक्षा शुक्ला, प्रतिशा प्रधान, प्रितिजा जैसी, रीया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्यासा थापा तथा एलिशा लिम्बु पुगेका थिए ।

पूर्वमिस नेपाल माल्भिका सुब्बाले भर्चुअल माध्यममार्फत यसपटक ग्रुमिङ सिकाएका थिइन् । अमेरिकी सरकारले ट्रेडमार्क उपलब्ध गराएपछि पहिलोपटक पेजेन्ट आयोजना भएको हो । क्विन्स थिएटरमा आयोजना भएको फिनाली अघि कार्यक्रममा भाग लिनेको कोभिड–१९ परीक्षण गरिएको थियो । प्रतियोगिता २०११ मा न्यूयोर्कबाट अमित शाहले सुरु गरेका थिए । पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेतले जितेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउडमा सन् २०१८ को अन्तिम महिना डिसेम्बरमा उदाइन् सारा अलि खान । डिसेम्बरको पहिलो हप्ता उनले ‘केदारनाथ’मार्फत बलिउडमा

काठमाडौं । पछिल्लो समय प्रतीक्षा गरिएको फिल्ममध्येको एक हो ‘केजिएफ २’ । सार्वजनिक टिजरले बनाएको रेकर्डले पनि दर्शकमा फिल्मलाई लिएर

काठमाडौं। सञ्जयलीला भन्साली पछिल्लो समय पिरियड ड्रामा जनरका फिल्म बनाइरहेका छन् । यद्यपि उनको लभस्टोरीलाई दर्शकले प्रतीक्षा गरिरहेको लामो समय

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी