काठमाडौं र विराटनगरको खेल स्थगित

११ आश्विन २०७८, सोमबार १३:४० मा प्रकाशित

काठमाडौं । बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गत तेस्रो दिन आज तय भएको काठमाडौं किङ्स इलेभेन र विराटनगर वारियर्सको खेल स्थगित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुने भनिएको काठमाडौं र विराटनगरको पहिलो खेल आइतबार परेको पानीले मैदान भिजेको कारण स्थगित भएको हो । आयोजकका अनुसार खेल अर्को दिन हुने सम्भावना छ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो । करण केसीको कप्तानीमा रहेको विराटनगर भने चितवनसँग पहिलो खेलमा पराजित भएको थियो।

मैदान सुकेको खण्डमा आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स भिड्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति