माओवादी नेता भन्छन्– ‘देश चारदलको बाउको बपौती होइन’

५ आश्विन २०६९, शुक्रबार ०९:४८ मा प्रकाशित

काठमाडौं, ५ असोज । नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य नारायण पौडेल शर्माले चार दलको सेण्डिकेटले निर्वाचनमा जानेगरी गरेको सहमति जनमतविरोधि रहेको भन्दै त्यसलाई आफूहरुले नमान्ने बताएका छन् । राजधानीमा बिहिबार आयोजित एक कार्यक्रमबीच उनले भने– ‘संविधानसभाको ठेकेदारी चार दललाई छैन ।’

नेकपा–माओवादीले सुरुदेखि नै गोलमेच सम्मेलनको माग गर्दै आएको स्मरण गराउंदै उनले कस्तो संविधान बन्ने भनेर निश्चित नगरी निर्वाचनमा जाने सहमति गरेर मुलुकलाई गोलचक्करमा फसाउने षडयन्त्र भएको दाबी गरे । यस कदमको आफ्नै प्रकारले भण्डाफोर गर्ने शर्माको भनाइ छ ।

चार दलले मुलुकलाई ‘बाउको बपौति’ ठानेको आरोप लगाउंदै सरकारलाई सडकबाटै फालिने पनि उनले उद्घोष गरे ।

चार दलको सहमति राष्ट्रिय सहमति हुन नसक्ने भन्दै उनले कस्तो निर्वाचन नबन्ने भन्ने निश्चित नभएसम्म आफूहरु संविधानसभाको निर्वाचनमा भाग लिनुभन्दा पनि आन्दोलनमा उत्रने चेतावनी दिए ।

उनले अहिलेको निकास गोलमेच सम्मेलनबाट मात्र हुने भएकोले सत्ता र संविधानको कुरा त्यहींबाट टुङग्याउनु पर्ने माग गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले