लघुकथा “चोर कि हत्यारा” -राजु दाहाल

६ चैत्र २०६८, सोमबार ००:०९ मा प्रकाशित

“सहोदर बाबुद्धारा छोराको हत्या ।”

“आफ्नै बाबुद्धारा छोराको जघन्य हत्या ।”

यस्तै यस्तै हेडलाईनहरु थिए पत्रिकाको पहिलो पानाहरुमा ।

“के गर्नु अब संसारमा कसैको पनि बिश्वास नहुने भो । आफ्नै बाबुले छोरीलाई बलात्कार गर्ने, छोरालाई मार्ने
खै के के रु” यस्तै गनथन सुनाउँदै मैले एउटा पत्रिका उठाएँ ।

“ काठमाडौँ महानगरपालीका वडा नं ३६ बस्ने जस बहादुरले आफ्नो छोरालाई रिसको आबेशमा हिर्काउँदा १० बर्षिय छोराको घटनास्थलमै मृत्यु ‌‌‌‌‌‌‌” अगाडि पढ्न सकिन टाउको रिंगाएर आयो । पत्रिका त्यही फ्याँकेर घरतर्फ कुदेँ । जसबहादुर मेरो मिल्ने साथी, उस्को परिबारप्रतिको जिम्मेवारीबोध र माया बिशेष गरेर छोरा प्रतिको देखेर म छक्क पर्थेँ । उस्को छोरा उस्को जीवनको आधार, उस्को जिबन बाँच्नुको उदेश्य । त कसरी मार्न सक्छ उस्ले रु मलाई पटक्कै बिश्वास लागेन ।

हतार हतार म उस्को घरमा गएँ । उस्को घरमा घाटको माहोल थियो । जताततै चिच्याहट, कोलाहल……… केहि सोधपुछ पछि म उस्लाई राखेको थाना पत्ता लगाएर भेट्न गएँ । उस्लाई भेटेँ, उस्को अवस्था र हविगत देखेर मेरा आखाँ आँशुले भरिए ।
“ के भो जस, यो सब कसरी………..?”

“के गर्नु, यस्ता दिन पनि आउँदा रैछन् यार । एउटा महङ्गो कलम ल्याएको थिएँ, म एकछिन लेख्छु भनेर लगेको थीयो । पछि माग्दा हराएछ, रिसले दुई थप्पर लाको ………….।” -भक्कानिएर अगाडि बोल्न सकेन उ ।

मैले आशुँ पुछ्ने बहानामा पछाडी फर्केर सर्टको खल्तीको कलम पाईन्टमा घुसारेँ । जुन हिजो बिहान उस्को घरमा जाँदा टेबलबाट उठाएको थिएँ ।

उ भक्कानिदैँ धेरै कुरा बोल्दै थियो । क्रमशः मेरा कानबाट उस्को आवाज टाढिदैँ थियो । अकस्मात गाडीको हर्नले मलाई बाहिर सडकमा आईपुगेको ज्ञात भयो ।

पसिनाले लथपथ हात त्यही कलम च्यापिरहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो