राष्ट्रिय सम्मेलनबारे छलफल गर्न माओवादी बैठक

११ आश्विन २०७८, सोमबार १०:२० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन स्थायी कमिटीको बैठक बोलाएको हो ।

पेरिसडाँडास्थित पार्टी मुख्यालयमा सोमबार बिहान बोलाइएको बैठकले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको मापदण्ड तयार पार्ने नेता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकको एजेण्डाबारे नेता श्रेष्ठले भने, ‘पार्टीले राष्ट्रिय सम्मेलनको प्रतिनिधित्व प्रणाली लगायत केही टेक्निकल कुराहरु मिलाउनुपर्नेछ, त्यसैका निम्ति बैठक बस्न लागेको हो ।’

नेकपा माओवादी केन्द्रले आगामी पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ । यसका लागि अहिले देशभरि वडा सम्मेलनहरू भइरहेका छन् ।

माओवादीले असोज मसान्तसम्म जनवर्गीय संगठन र जातीय मोर्चाहरुको बेला गर्ने भएको छ भने मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने कार्यतालिका बनाएको छ । त्यसपछि पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने योजना छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौं । कर्णाली प्रदेशमा सहमतिअनुसार नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आनाकानी गरेका छन् । गएको वैशाखमा नेकपा

आजको प्रमुख समाचार