आजै राति संसद अधिवेशन अन्त्य गर्ने सम्भावना, दुवै सदनकाे बैठक बस्दै

११ आश्विन २०७८, सोमबार ०९:१० मा प्रकाशित

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।

अध्यादेश फिर्ता नलिंदा गठबन्धनको घटक जनता समाजवादी पार्टी फेरि विभाजित हुने खतरा देखिएपछि अध्यादेश फिर्ता लिने सहमति बनेको हो ।

त्यसका लागि संसदको चालु अधिवेशन अन्त्य गर्नुपर्ने भएकाले आज रातिसम्ममा अधिवेशन अन्त्य गर्ने संभावना पनि बढेको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका आज बस्ने वैठकबाट बजेट सम्बन्धि विधेयकहरु सवै पारित गर्ने र अधिवेशन अन्त्य गर्ने सहमति भएको बुझिएको छ ।

सत्ता गठबन्धनको हिजो बसेको बैठकले सरकारलाई पूर्णता दिने जिम्मा शीर्ष नेताहरुलाई दिएको थियो ।

गठबन्धन दलहरुबीच कुरा नमिल्दा शेरबहादुर देउवा प्रधानमन्त्री बनेको साढे दुइ महिना वितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसद्मा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई अस्वस्थ भएका छन् । उनलाई वीर अस्पताल भर्ना गरिएको छ । सचिव भट्टराईको

काठमाडौं । पूर्वन्यायाधीश फोरमले न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले निकास दिनुपर्ने बताएको छ । शुक्रबार फोरमका अध्यक्ष टोपबहादुर सिंहले