जातीयताको सवालमा हाम्रो पार्टीले गल्ती गरेकै हो : एमाओवादीका प्रवक्ता

५ आश्विन २०६९, शुक्रबार ०९:४६ मा प्रकाशित

काठमाडौं, ५ असोज । एमाओवादीका प्रवक्ता अग्नी सापकोटाले नयाँ बन्ने सहमतिको सरकारको नेतृत्वको लागि आफ्नो पार्टीको पनि दावी रहने घोषणा गरेका छन् । विगतका सहमतिका आधार भत्किएको तर्क गर्दै उनले कांग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्छ भनेर ग्यारेन्टी गर्न नसक्ने बताए । राजधानीमा आयोजित एक कार्यक्रममा उनले अहिलेकै अवस्थामा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने नेतृत्वको लागि दावी नगर्ने स्पष्ट पारे ।

उनले भने– ‘मुलुक पाँच बुँदे सहमति अनुसार नगएकाले काग्रेसकै नेतृत्वमा सरकार बन्छ भन्ने ग्यारेन्टी छैन । बाबुरामजीलाई कांग्रेसले नमान्ने अनि कांग्रेसका रामचन्द्र र शेरबहादुरजीलाई हामीले किन मान्ने ? कुनै बाध्यता छैन । पहिलाको सहमतिको आधार भत्किसकेकोले अब माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा जसले पनि नेतृत्व लिन सक्छ ।’

चार दलले तयार पार्ने सहमतिको दस्तावेजमा सबै दलहरुले छलफल गरेर राष्ट्रपतिमार्फत बाधाअडकाउ फुकाउन लगाएर निर्वाचनमा जानुपर्ने उनको धारणा थियो ।

नयाँ निर्वाचित जनप्रतिनिधीहरुले संविधानका बाँकी रहेका विवादित विषयमा छलफल गरेर संविधान जारी गर्नु पर्ने भन्दै विघटित संविधानसभाले गरेका छलफल र तयार पारेको दस्तावेजहरु महत्वपूर्ण सम्पत्ती भएको सापकोटाले बताए । उनले ‘ड्यास माओवादी’ले भनेजस्तो सर्वपक्षीय गोलमेच सम्मेलन मुलुकलाई फेरि १७ वर्ष पछि फर्काउने षडयन्त्र भएको दाबी गरे । जातीयताको विषयमा पार्टीले गल्ती गरेको स्विकार गर्दै सापकोटाले अब जातीयताको नारालाई छाडेर बर्गिय कुरालाई अगाडि बढाउनु पर्ने धारणा राखे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल