महामारीको पीडा : अध्ययन भिसा पाएका १० हजार विद्यार्थी अलपत्र

११ आश्विन २०७८, सोमबार ०८:४० मा प्रकाशित

काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण विदेशमा आवतजावत रोकिँदा वैदेशिक अध्ययनमा जाने तयारीमा रहेका र बिदामा नेपाल आएका विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा फसेको छ । वैदेशिक अध्ययनका लागि अनुमति र सम्बन्धित मुलुकको भिसासमेत पाइसकेका विद्यार्थी पनि आवतजावत नखुल्दा स्वदेशमै अलपत्र परेका छन् ।

जापान, अस्ट्रेलिया, कोरियामा अध्ययन भिसा पाइसकेका १० हजारभन्दा बढी विद्यार्थी ती देशमा कहिले जान पाउने हुन् भन्ने अझै अनिश्चित छ । चीन, बंगलादेश, अस्ट्रेलियामा पढ्दापढ्दै नेपाल आएका विद्यार्थी अझै फर्कन पाएका छैनन् ।

यसैबीच, प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले अलपत्र परेका यस्ता विद्यार्थीलाई सम्बन्धित मुलुकमा पठाउने व्यवस्था गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ । विदेश जान नपाएर रोकिएका विद्यार्थीको विषयमा शिक्षा मन्त्रालयसँग समितिका सदस्यहरूले छलफल गरेका थिए ।

छलफलपछि समितिले कूटनीतिक पहल गरी अलपत्र विद्यार्थीलाई सम्बन्धित देशमा पठाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीेले शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर विद्यार्थीलाई अध्ययन पूरा गर्न विदेश पठाउनुपर्ने बताइन् । ‘कूटनीतिक पहल गरी रोकिएका विद्यार्थीलाई विदेश पठाउनुपर्छ,’ उनले थपिन्, ‘पठाउन नसक्ने भए यहीँ पढ्ने वातावरण मिलाउनुपर्छ, यसरी अलपत्र छाड्न हुँदैन, निकास दिनुपर्छ ।’

छात्रवृत्तिमा अध्ययनरत र अध्ययन गर्न जाने विद्यार्थी पनि सम्बन्धित मुलुकको शिक्षण संस्थामा पुग्न सकेका छैनन् । त्यहाँका शिक्षण संस्थामा भर्ना भएर महँगो शुल्कमा अनलाइन कक्षा लिइरहेका भए पनि प्रयोगात्मक कक्षामा सहभागी हुन नपाउँदा उनीहरूको शैक्षिक भविष्य नै जोखिममा परेको छ । बंगलादेश, अस्ट्रेलियालगायत मुलुकमा अध्ययनरत विद्यार्थी पनि त्यहाँ जान नपाएर रोकिएका छन् ।,

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।पदयात्रामा जाने पर्यटकलाई पदयात्रा अनुमति पत्र जारी गर्नेसहितका काम अध्यागमन विभागबाट दशैंको दुई दिन बन्द हुने भएको छ ।

काठमाडौं । पछिल्लो समय राहदानी बनाउनेको भीड बढेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागमा केही समययता राहदानी बनाउनेको लर्को

काठमाडौँ । कोरोना महामारीका कारण स्वदेश फर्कन नपाएका विदेशी नागरिकले आगामी पुस मसान्तसम्म आफ्नो बसाई अवधि लम्ब्याउन पाउने भएका छन्

काठमाडौँ । सरकारले ‘अध्यागमन कार्यविधि, २०६५’ संशोधन गरेको छ। बुधबार गृह मन्त्रालयको मन्त्रीस्तरीय कार्यविधिको दफा ३.१ को उपदफा (२)को खण्ड (घ) संशोधन