एम्बाप्पेको आरोप- नेइमारले बल पास दिएनन् !

११ आश्विन २०७८, सोमबार ०८:३२ मा प्रकाशित

काठमाडौँ । पिएसजीका दुई सुपरस्टारबीच नयाँ विवाद शुरु भएको छ । किलियन एम्बाप्पेले नेइमारमाथि आफुलाई बल पास नदिएको आरोप लगाएका छन् ।

शनिबार राति मोन्टपिल्ल्लीएरबीचको खेलमा सम्ब्सटिच्युट भएपछि एम्बाप्पेले अर्का खेलाडी इड्रीसा गुएयेसँग नेइमारले आफुलाई बल पास नदिएको बताइरहेको भिडियो क्लिप अहिले भाइरल भएको छ । पिएसजीले २-० ले जितेको सो खेलमा इड्रीसाले एक गोल गरेका थिए भने अर्को गोल नेइमारकै असिस्टमा जुलियन ड्राक्सलरले गरेका थिए ।

एम्बापेले नेइमारमाथि अपशब्दको समेत प्रयोग गरेको भिडियोमा देखिएको छ ।

सो खेलमा एम्बाप्पे ८८औ मिनेटमा मैदान बाहिर आएका थिए । यस खेलमा एम्बाप्पेले गोल गर्ने तीन अवसर पाउदा पनि गोल गर्न असफल भएका थिए । पछिल्ला चार खेलमा गोल गर्न नसकेका एम्बाप्पे दबाबमा रहेको उनको नेइमारप्रतिको टिप्पणीबाट बुझ्न सकिने विश्लेषण गरिएको छ ।

पिएसजीमा आफ्नो सम्झौता नवीकरण नगरेका एम्बाप्पे आउदो सिजनमा रियल म्याड्रिड जान सक्ने अनुमान गरिएको छ ।

एम्बाप्पेले यस सिजनमा लिग वानमा ८ खेलमा ४ गोल गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

कास्की । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन् । पोखरा

काठमाडौं । आजदेखि आईसीसी टी-२० क्रिकेट विश्वकपमा दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछ । पहिलो चरणको खेल

काठमाडाैँ । आज २३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका

आजको प्रमुख समाचार