युवा संघले सरकारविरुद्ध अख्तियारमा मुद्दा दायर गर्ने

५ आश्विन २०६९, शुक्रबार ०९:३५ मा प्रकाशित

काठमाडौं, ५ असोज । सरकारले राज्यको ढुकुटीमा ब्रह्मलुट मच्चाइरहेको भन्दै युवा संघ नेपालले भट्टराई सरकारविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्ने भएको छ ।

संघले एक यसबारे जानकारी दिन प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ– ‘जनताको समर्थन र आधार गुमाइसकेको, केही मधेशी गूटको वैशाखीमा अडिएको जनघाती र राष्ट्रघाती बाबुराम भट्टराईको वर्तमान लाचार सरकारले नक्कली माओवादी लडाकू खडा गरी मुलुकको राज्यकोष लुटिरहेको छ । निरन्तर विरोधका बाबजुद यसले अबौं–अर्ब राज्यको रकम दुरुपयोग गरिसकेको छर्लङगै छ । जनताको काम गर्छु भन्दै कुर्सीमै टाँसिरहेको भ्रष्ट भट्टराई सरकारले राष्ट्रघातका श्रृंखलाहरु बढाउँदै गर्दा, महंगी, भ्रष्टाचारको मारमा पिल्सिरहेका जनतालाई दिनप्रतिदिन झनै मारमा पार्दै गर्दा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं ।’

शुक्रबार ११ बजे भाटभटेनीस्थित अख्तियारको कार्यालयमा मुद्दा दर्ता गराउने कार्यक्रम रहेको संघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत