पश्चिम नेपाल बस ब्यबसायीहरुलाई लाग्यो चुनाब

५ आश्विन २०६९, शुक्रबार ०७:४२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ५ असोज । बस ब्यवसायीहरुको यस क्षेत्रकै ठुलो संस्था पश्चिम नेपाल बस ब्यबसायीहरुको चुनाबको लागी बिभिन्न दलनिकट संगठनहरुले अभियानलाई तिब्र बनाएका छन् । यसै सिलसिलामा नेकपा एमालेनिकट लोकतान्त्रिक यातायात ब्यवसायी राष्टिय मन्चले पश्चिम नेपाल बस ब्यवसायी संघको आसन्न निर्वाचनका लागि आफ्ना उम्मेदवारहरु तय गरेको छ ।
संघको निर्वाचनका लागि मन्चको तर्फवाट वर्तमान उपाध्यक्ष नारायण घिमिरेले अगुवाई गर्ने छन् । मन्चको सम्पन्न भेलाले संघको अध्यक्षमा घिमिरेसंगै वरिष्ठ उपाध्यक्षमा गणेशबहादुर भट्टराई, उपाध्यक्षमा ध्रुवराज अर्याल र केशव पन्त , महासचिवमा जिवन कुमार बन्जाडेलाई तय गरेको जनाईएको छ ।
यसैगरी सचिवमा गोपालबहादुर पौडेल सहसचिवमा कुश्माखर रेग्मी र सुवास पौडेल तथा कोषाध्यक्षमा रबिन्द्र बिक्रम हमाललाई आफ्नो तर्फवाट उम्मेदवार बनाउने सर्बसम्मत निर्णय भएको मन्चका केन्द्रिय सह कोषाध्यक्ष गणेश बहादुर भटराईले बताउनु भयो ।मन्चको तर्फवाट उम्मेदवारहरु तय गरी सकेको मन्चले आफ्ना उम्मेदवारहरु लाई यातायात ब्यबसायीहरुका बिच गएर उनीहरुका समस्या बुझेर काम गर्न निर्देशन दिएको बताईएको छ ।
उता नेपाली काग्रेस एमाओबादी र माओबादीहरुपनि आफनो अभियानामा लागेका छन् । हाल पश्चिम नेपाल बसब्यबसायीसमितिका वरिस्ठ उपाध्यक्ष एबं माओवादीनिकट दधि खरेलले अध्यक्षमा उम्मेदवारी दिने बुझिएको छ । नेपाली कांग्रेसलेचाहिं पुर्वसमितिका उपाध्यक्ष परशुराम ढकाललाई अध्यक्षमा अघिसारे पनि अहिलेसम्म प्यानल खडा गरेको छैन । सहमतिमै जाने सोचका कारण आफ्नो प्यानल खडा नगरिएको ढकालको भनाई छ ।
यस समितिका बस अधिराज्यभर संञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको