एमालेमा टुंगिएन उपाध्यक्षको संख्या, तीनदेखि ७ जनासम्म राख्न प्रस्ताव

१० आश्विन २०७८, आईतवार १८:२८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले उपाध्यक्षको संख्या स्थायी कमिटीबाट टुंगो लगाउने भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको तीनदेखि चलेको केन्द्रीय कमिटी बैठकमा तीनदेखि सात जनासम्मको प्रस्ताव आएको र यो अध्ययनकै क्रममा रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

यद्यपि सात जनाको प्रस्ताव गरिएकोमा तीन जना उपाध्यक्षमात्र हुने प्रस्ताव विधान संशोधनमा राखिएको छ । अन्य पदाधिकारीको संख्या भने नवौं महाधिवेशनअनुसार गर्ने टुंगो लागेको भट्टराईले बताए ।

‘सात जना उपाध्यक्ष राख्ने बारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने क्रममा सकारात्मक कुरा आएको छ । तर यसले कमिटीमा के प्रभाव पर्दछ त्यसलाई फेरि अध्ययन गरेर विधान महाधिवेशनसम्म ठोस धारणा बनाइनेछ,’ उनले भने ।

उनका अनुसार विधान संशोधन प्रस्तावमा तीन जना उपाध्यक्षको प्रस्ताव गरिएको छ । ‘अहिले तीन जना उपाध्यक्षको प्रस्ताव आएको छ । बैठकले उपाध्यक्षको सात र पाँच जनाको प्रस्ताव आएकाले अहिल्यै नै हामी निर्णयमा पुगेका छैनौं । थप छलफल स्थायी कमिटीमा गर्दछौ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१