निर्वाचनमा जाने निर्णयसंगै दलहरु सत्ता साझेदारीमा केन्द्रित (टिप्पणी)

५ आश्विन २०६९, शुक्रबार ०७:२७ मा प्रकाशित

 काठमाडौं, ५ असोज  । जारी राजनीतिक संकटका लागि नयां निर्वाचनमा जाने निर्णय गरेका राजनीतिक दलहरु अब सत्ता साझेदारीमा केन्द्रित हुन थालेका छन् । संविधानसभाको निर्वाचनयता सत्ताको नेतृत्व गर्ने अवसर नपाएको नेपाली कांग्रेसले नेतृत्व गर्ने आकांक्षालाई तीब्रता दिएको अनुभूति गरिन्छ । तर, सत्ताधारी नेकपा एमाओवादीले नयां परिस्थितिमा पुरानो सहमतिले काम नगर्ने भनेर नेतृत्वको निरन्तरता चाहेको देखाएको छ ।
संविधानसभाको अवधिभरि कांग्रेसले नेतृत्व गरेको र विगत ४० वर्षको इतिहासमा सधैं नेपाली कांग्रेसको नेतृत्वमै निर्वाचन भएको इतिहास हृदयङ्गम गर्दै अब नेपाली कांग्रेसकै नेतृत्वमा निर्वाचन सरकार गठन हुनुपर्छ भन्ने दाबी कांग्रेस नेताहरुको रहेको छ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सरकारको नेतृत्वका लागि कांग्रेसको दाबी यथावत रहेको बताए । एमाओवादी भने नयां परिस्थितिमा नयां निर्णय गर्नुपर्ने अडानमा देखिएको छ । सो पार्टीका प्रवक्ता अग्नि सापकोटा भन्छन्– ‘पहिलाको सहमतिको आधार त सिद्धिसक्यो, अब पार्टीहरुबीच छलफल हुंदैजांदा के निश्कर्ष निस्कन्छ त्यसैअनुसार सहमतिका बुंदा तय हुन्छ ।’
माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीच आज शुक्रबारदेखि बस्ने भनिएको बैठकले सत्तासाझेदारीबाहेक नयां निर्वाचनका प्रक्रिया पनि निर्धारित गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले चैत–बैशाख या कात्तिक अन्तिमको समयलाई राष्ट्रिय निर्वाचनका लागि उपयुक्त समयका रुपमा औंल्याउंदै आएको छ । नयां निर्वाचनबाट बन्ने संसदबाट संविधानसभाको बांकी काम पूरा गरी त्यसैलाई संसदमा परिणत गर्न दलहरु तयार बनेको बुझिएको छ । पुरानो ६०१ सदस्यीय जम्बो संविधानसभाको आलोचनाबाट बच्नको लागि पनि अब सानो स्वरुप खोजी गर्नु नेतृत्वहरुको वाध्यता बनेको छ ।
यसअघि जेठ २ गते प्रमुख दलहरुबीच भएको चर्चित सहमतिमा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १७१ र समानुपातिकबाट १४० सदस्यीय रहने व्यवस्था गरिएको थियो । त्यसैका आधारमा नयां संसदको आकार तय गरिने नेताहरुले बताएका छन् ।
नयां निर्वाचनसम्बन्धी ऐन–कानून र प्रक्रियागत व्यवस्था राजनीतिक सहमतिका आधारमा तय गर्न सकिने जानकारहरुको भनाई छ । प्रमुख दलहरुले नयां निर्वाचन र त्यसको प्रक्रियाका बारे कुन ठाउंमा उभिने भन्ने प्रस्ट मनस्थिति बनाइसकेको स्थिति रहेकाले सत्ता साझेदारीमा सहमति बन्ने वित्तिकै प्रक्रियागत सहजै मिल्ने देखिन्छ । तर, मुलुकलाई अन्योलमै अड्काएर फाइदा उठाउने प्रवृत्ति कायम भयो भनेचाहिं नयां निर्वाचन पनि नयां ‘सपना’ सावित हुने छ, जुन सम्भावना अझै पनि भरपुर कायम नरहेको दाबी गर्न सकिन्न ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

रुपन्देही । नेपाली कांग्रेसका नेता पुष्पा भुसाल र मानबहादुर विकको गृहजिल्ला अर्घाखाँचीमा छ स्थानीय तहमध्ये अधिवेशन भएका पाँचवटै पालिकामा देउवा