कंगनाले किन गरिन् नवाजुद्धिनको तारिफ ?

१० आश्विन २०७८, आईतवार १५:३१ मा प्रकाशित

काठमाडौ। बलिउड अभिनेत्री कंगना रनावत कुनै पनि विषयमा बोल्न, कसैको आलोचना गर्न तथा तारिफ गर्न अघि सरिहाल्छिन् । सधैंजसो चर्चामा छाइरहने कंगनाले पछिल्लो समय अभिनेता नवाजुद्धिन सिद्धिकीको तारिफ गर्दै एउटा पोस्ट गरिन् । अहिले भारतीय अनलाइनले उक्त कुराको चर्चा गरेका छन् ।

कंगनाले नवाजुद्धिन इन्टरनेसनल एमी अवार्डमा ‘सिरियल म्यान’ फिल्मबाट उत्कृष्ट अभिनेताको मनोनयनमा परेको कुराको तारिफ गर्दै उनको फोटोसहित पोस्ट गरेकी हुन् । उनले आफ्नो पोस्टमा ‘बधाई छ सर, तपाई निश्चित रूपमा दुनियाँका उत्कृष्ट अभिनेतामध्येमा एक हुुनुहुन्छ,’ लेखेकी छन् ।

नवाजुद्धिनले आफू एमी अवार्डमा उत्कृष्ट अभिनेताको मनोनयनमा परेको कुरा आफैंले सेयर गरेका थिए । उनले ‘सिरियस म्यान’ अवार्डमा नोमिनेसनमा परेकोमा फिल्मको टिम र निर्देशक सुधिर मिश्रालाई बधाई दिएका छन् । हाल ‘हिरोपन्थी–२’ को सुटिङका लागि लन्डनमा रहेका नवाजुद्धिनका आगामी फिल्ममा ‘जोगीरा सारा रा रा’, ‘नो ल्यान्डस् म्यान’ र ‘बोले चुडियां’ छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। अभिनेत्री श्वेता तिवारी बेला बेला चर्चामा आइरहने कलाकार हुन् । उनी अहिले केपटाउनमा छिन् । टेलिभिजन शो ‘खतरों के

काठमाडौं । कलाकारिता क्षेत्रमा विशेष गरेर अभिनेत्रीहरु उमेर अनुसारका देखिदैँनन् । नेपालमा त्यो अवस्था कम भए पनि बलिउड, हलिउडमा खुबै

काठमाडौं- गायिका समिक्षा अधिकारीले नायक पल शाह र आफूबीच अनैतिक सम्बन्ध रहेको हल्ला चलेपछि मुख खोलेकी छन् । उनले आफूहरूबीच

काठमाडौं । शिल्पा शेट्टी कुनै समयकी सफल अभिनेत्री हुन् । उनले बलिउडका प्राय: कलाकारहरूसँग स्क्रिन सेयर गरेकी छिन् । ठूलो

आजको प्रमुख समाचार