एनआरएन पोर्चुगलमा झडप, केही गम्भीर घाइते

१० आश्विन २०७८, आईतवार १४:०० मा प्रकाशित

काठमाडौँ । एनआरएन पोर्चुगलमा दुई समूहबीच झडप भएको छ । समानान्तर रुपमा रहेको दुई समूहबीच झडप भएको हो । तर, अहिलेसम्म कुनै पनि समूहले आधिकारिकता पाएको छैन ।

आधिकारिकता नपाएका ती समूहहरुले आफू आधिकारिता भएको दाबी गर्न थालेपनि एक आपसमा झगडा सुरु भएको थियो । उक्त दुई समूहबीच शनिबार झडप भएको हो । पोर्चुगलमा सुरुदेखि नै विवाद रहेको थियो । हिजो भएको झडपमा केही गम्भीर घाइते भएका छन् । समयमा नै प्रहरी पुगेपछि थप क्षति भएको छैन ।

झडप भएपनि एनआरएनका सदस्यहरुले भने यि दुबै समूह विघटन गर्नुपर्ने माग राखेका छन् । आफू–आफू झगडा गरेर समाजमा कुनै काम गर्न नसक्ने भन्दै उनीहरुले यस्तो एनआरएन हामीलाई चाहिँदैन, मान्छे पिट्न पाइदैन भन्दै आक्रोशित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

महेन्द्रनगर । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ । भीमदत्त नगरपालिका–११, १२ र

वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय सम्मेलन ६ महिनाका लागि स्थगित भएपछि गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको संयोजनमा छुट्टै विश्व

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २४ अक्टोबरमा हुने भनिएको राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को अन्तर्राष्ट्रिय भेला रोकिएको

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ८० औं अन्तर्राष्ट्रिय समन्वय परिषदको भर्चुअल बैठकले कार्य समितिको निर्वाचन तथा महाधिवेशन आगामी ३०

आजको प्रमुख समाचार