एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने कुल आचार्यको घोषणा

१० आश्विन २०७८, आईतवार १४:२० मा प्रकाशित

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् ।

आइतबार उम्मेदवारी घोषणा गर्दै उनले संघभित्र आर्थिक अनियमितता र दुरुपयोग भइरहेको भन्ने गुनासोलाई अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन् । नेपाल सरकारले एनआरएनलाई दिइने भनिएको नागरिकता र सम्पत्ति उपभोग गर्ने व्यवस्थालाई पनि आफूपछि आउने पुस्ताले संघर्ष गर्नुनपर्ने गरी काम गर्ने आचार्यको भनाई थियाे ।

विदेशी जेलमा रहेका नेपालीलाई स्वदेश ल्याउने र विदेशमा ज्यान गुमाएका शव नेपाल ल्याउने विषयमा संस्थागत रूपमा काम गर्ने भन्दै उनले नेपालको विकासमा आफू साझेदार भएर काम गर्ने बताए ।

विदेशमा सिकेको ज्ञान र सीपलाई मातृभूमिमा ल्याउनुपर्ने दायित्वलाई आफूले पूरा गर्ने बताएका उनले भूतपूर्व गोरखा सैनिकको समस्या समाधानमा पनि पहल गर्ने प्रतिबद्धता जनाए । कोभिडका कारण समस्यामा परेर नेपालमा फर्केहरूलाई लक्षित गरेर ‘एक एनआरएन एक रोजगार’ कार्यक्रम अविलम्ब कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको

आजको प्रमुख समाचार