नेपाली समाजसेवी पुष्पा बस्नेत सिएनएन हिरोको उत्कृष्ट १० भित्र पर्न सफल

४ आश्विन २०६९, बिहीबार २३:५२ मा प्रकाशित

पुरुषोत्तम ढकाल, अमेरिका, ५ असोज । नेपाली समाजसेवी पुष्पा बस्नेत सिएनएन हिरो २०१२ को उत्कृष्ट १० भित्र पर्न सफल भएकी छिन । नेपाली समाजसेवी पुष्पा बस्नेतले सन् २००५ देखि बिना कसुर आफ्ना अभिभावक संगै जेल जीवन बिताई रहेका सयौ बाल बालिकाहरुलाई सिक्षा, स्वास्थ्य र जिबन यापन गराउने कार्य गर्दै आएकी छिन । यसका अतिरिक्त जेल भित्रै पनि त्यस्ता बाल बालिकाहरुलाई साक्षरता अभियान र उनीहरुका अभिभावकलाई जागरण मुलक कार्यक्रम संचालन गर्दै आएकी छिन । समाजसेवी पुष्पा बस्नेतले बिना कसुर आफ्ना अभिभावक संगै जेल जीवन बिताई रहेका निर्दोष बाल बालिकाहरुको सिक्षा, स्वास्थ्य र जिबन यापन तर्फ सरकार, नागरिक समाज र अन्तराष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्न समेत सफल भएकी छिन । यस अघि सन् २०१० को सिएनएन हिरोको उपाधिबाट माइती नेपालीकी अध्यक्ष अनुराधा कोइराला सम्मानित भएकी थिइन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल