नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज भब्यताका साथ हाम्बर्गमा सम्पन्न

४ आश्विन २०६९, बिहीबार २०:३१ मा प्रकाशित

सरोज श्रेष्ठ, जर्मनी । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज भब्यताका साथ जर्मनीको हाम्बर्गमा सम्पन्न भएको छ । १५ सेक्टेम्बर २०१२ का दिन नेपाली नारीहरुको महान पर्व हरितालिका तीज भब्यताका साथ हाम्बर्गमा मनाउन गत ६ मार्च २०१२ का दिन एनआरएनए जर्मनीको आह्वानमा हाम्बर्गमा कार्यरत सम्पूर्ण संघ संस्थाको बैठकले नेपालका राष्ट्रिय तथा धार्मिक र सांस्कृतिक चार्ड पर्वहरु आपसमा समझदारी सहमती भएर एक अर्कामा सहयोगको वातावरण बनाएर नेपाली प्रमपरागत बिधिले मनाउने बिषयमा बृहत छलफल भई सबैको सहमतीको आधारमा निर्णय भएको थियो ।

जस अनुरुप नेपाली नारीहरुको महान चार्ड हरितालिका तिज नेवा-समाज जर्मनिको आयोजनामा १५ सेक्टेम्बर २०१२ का दिन स्टान्शान्चे अमंदा स्ट्रासे ५८ मुट थिएटर मा भब्यताका साथ नेवा-समाज जर्मनीले आयोजना गरेको हो ।

नेवा समाज जर्मनीका अध्यक्ष सुरेन्द्र प्रधानले सम्पूर्ण नेपाली चेली भेटिहरुलाई २०६९ सालको हरितलिका तीजको स्वागत गर्दै कार्यक्रम सुरु भएको थियो । यस वर्षको नेपाली चेलिबेटीको महान चाड हरितालिका तीजमा दर खुवाने र यो मुट थिएटरको सबै ब्यबस्था नेवा समाज जर्मनीले एक्लै लिएको थियो ।

गत बर्ष भन्दा धेरै संख्यामा हाम्बर्ग तथा यस शहरको वरपरका शहरहरुबाट पनि नेपाली चेलिबेटी आएका थिए । रातो सारी छड्के तिलरी लगाएर नेपाली चेलीहरु प्रबासमा पनि आफ्नो माहितीमा जस्तै रमाएर नाच गान गरेका थिए । सांगितिक डिजे निरजले गरेका थिए ।

यस कार्यक्रमको धेरै जिम्मेवारी बोकेका सरोज श्रेष्ठले चेली भेटीहरुलाई दर खुवानको लागि बिहानै देखी आफुहरु लागेको र आज चेलिबेटीहरुलाई दर खुवाए पुन्य मिल्ने कुरामा विश्वास राख्दछन । त्यसैले हामीले धेरै थरीका खाने कुराहरु तयार गरेकाहौ उनी भन्छन ।

चेलिबेटीहरुलाई सबै ब्यबस्था मिलाउनको लागि सुनिता थापालाई जेम्मेवारी सुम्पिएको थियो । बिहानैदेखी निर बहादुर छन्त्याल पनि तयारीको बिभिन्न काममा लागिरहेका थिए ।

नारायण लाल श्रेष्ठको पनि उपस्थिती रहएको उक्त कार्यक्रम बेलुका ८ बजे देखी सुरु भएकोमा बिहान ६ बजे सम्म हाम्बर्गबासी चेलिबेटीले नाचगान गरेका थिए ।

आयोजक नेवा समाज जर्मनीका अध्यक्ष सुरेन्द्र प्रधानका अनुसार आगामी बर्षहरुमा नेवा समाज जर्मनीले अझ भब्य रुपमा यो कार्यक्रम मनाउने बताउनु भएको छ । कार्यक्रमको सफलताका लागी र नेपाली चेलिबेटीहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा एनआरएनए जर्मनीका अध्यक्ष पुष्प थापाले आफ्नो शुभकामना सन्देश पठाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न