रामचन्द्र पौडेल गुटभित्र विद्रोह, शेरबहादुर देउवालाई फाइदा

९ आश्विन २०७८, शनिबार १७:३६ मा प्रकाशित

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको सरगर्मी बढिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल गुटभित्र विद्रोह मच्चिएको छ ।

सभापति शेरबहादुर देउवाविरुद्ध पौडेलले आफ्नो गुटबाट एक जना मात्रै उम्मेदवार मैदानमा उतार्ने लामो प्रयास गरिरहेका बेला पूर्व महामन्त्री प्रकाशमान सिंहले विद्रोह गरेका छन् ।

नेता सिंहले गुटभित्र सहमति जुट्दै सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । पौडेल गुटमा उनी स्वयं, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइराला समेत सभापतिको दौडमा रहेका छन् ।

पौडेल गुटबाट धेरै व्यक्ति सभापतिका लागि मैदानमा उत्रिएमा बहालवाला सभापति देउवालाई फाइदा पुग्ने विश्लेषण भइरहेको छ ।

सभापति पदमा उम्मेदवारी घोषणा गर्दै नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउन पार्टीको पहिलो व्यक्ति भएर काम गर्ने निष्कर्ष निकालेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–१७ वडा कार्यसमितिले आज शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले अवसर पाएर पनि नेताहरूले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको बताएका छन् ।

नेता सिंहले सिंगो पार्टीपंक्तिलाई संस्थागत ढंगले अघि बढाउन आफूले पार्टीको नम्बर वान म्यान भएर काम गर्न चाहेको बताए । उनले लामो समयदेखि पार्टीको दोस्रो तहमा बसेर काम गरिसकेकाले अब सभापति भएर काम गर्न चाहेको इच्छा व्यक्त गरेका छन् ।

सिंहले भने, ‘अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई राख्न मिल्दैन है । मैले भने सबै नेताहरूलाई हामी सम्मान गर्छौं । त्याग, तपस्या, कुर्वानी उहाँहरूले डेमोक्रेसी ल्याउनका लागि गर्नुभएको छ । त्यसप्रति सम्मान छ तर अवसर पाएका बेला काम नगरेको र पार्टीको जुन लथालिङ्ग अवस्था छ । यदि हामीले यो लथालिङ्ग अवस्थामा १४औं महाधिवेशनमा पनि ठीक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौं भने यो पार्टी प्रजा परिषद्को बाटोमा जान धेरै दिन लाग्दैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसद्मा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्