नेपालमा आज थप ९५३ जनामा कोरोना पुष्टि, १३७१ जना संक्रमणमुक्त

९ आश्विन २०७८, शनिबार १७:३४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ५० र एन्टिजेन विधिबाट ३ हजार ५२९ जनामा परिक्षण गर्दा ९५३ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९० हजार ६६२ र एन्टिजेनबाट ९० हजार ४४३ जना पुगेको छ ।

यस्तै, आज थप १३७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५९ हजार ८७५ जना पुगेको छ । निको हुने दर ९६.१ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ८७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ७०० रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले १२ वर्षभन्दा बढी उमेरका किशोरकिशोरीलाई कोभिड–१९ विरुद्ध अमेरिकी कम्पनी फाइजर–बायोएनटेकद्वारा उत्पादित फाइजर खोप दिने तयारी गरेको छ। पछिल्लो समय

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यले स्टेल्थिङ अर्थात् (सेक्सका बेला आफ्ना साथीलाई जानकारी नदिई अथवा सहमति बिना कण्डम हटाउनु) माथि प्रतिबन्ध

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ महामारीले विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरेको

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले