तेस्रो धारलाई तनाव, टोली नेताको जिम्मेवारीसमेत पाएनन्

९ आश्विन २०७८, शनिबार १५:४२ मा प्रकाशित

काठमाडौं । पार्टी विभाजनको क्रममा माधवकुमार नेपाललाई छोडेर मुल पार्टीमै फर्केका एमालेका ‘तेस्रो धार’ एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा ओलीको पेलान भोग्न बाध्य छन् ।

पार्टी एकताका लागि बनेको १० बुँदे प्रस्तवको आधारमा २ जेठ २०७५ पर्कने सहमति गर्दै मुल पार्टीमै फर्केका सबैजसो नेताले केही जिम्मेवारी पाएका छैनन् । केही समय अगाडि बल्ल–बल्ल सचिव योगेश भट्टराईले प्रवक्ताको जिम्मेवारी फिर्ता पाएका थिए । अन्य नेता अझै पनि जिम्मेवारीविहीन छन् । उपाध्यक्ष भीम रावलले अध्यक्ष ओलीसँग धेरै पटक सुदूरपश्चिमको इञ्चार्ज फिता मागे तर पाउन सकेका छैनन् ।

मुल पार्टीमै फर्केका नेताले पुरानो जिम्मेवारी त पाएकै छैनन् । सानातिना नयाँ जिम्मेवारी पनि पाउन सकेका छैनन् । यतिखेर एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा प्रस्तुत प्रतिवेदनहरु अध्ययन गर्न १० वटा समूह बनाइएको छ । तर, सबै समूहको नेताका रुपमा ओली खेमाकै नेताले मात्र जिम्मेवारी पाएका छन् । तेस्रो धारका कुनै पनि नेताले केही पनि जिम्मेवारी पाउन सकेनन् ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल चलिरहेको छ । उक्त छलफलमा ‘तेस्रो धार’का नेता केन्द्रीय सदस्यकै हैसियतामा मात्र सहभागी छन् ।

विगतमा भएका छलफलहरुमा नेतृत्वकै जिम्मेवारी पाउँदै आएका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसााल, सचिव योगेश भट्टराई र गोकर्ण विष्ट लगायतका नेतालाई यस पटक भने अध्यक्ष ओलीले केही जिम्मेवारी दिएका छैनन् ।

बैठकले चयन गरेको १० वटा समूहको टोली नेताको रुपमा प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, वागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरूबाट खिमलाल भट्टराईले जिम्मेवारी पाएका छन् । उनीहरुले नै छलफलको निष्कर्ष बैठकमा सुनाउने छन् । टोली नेताका रुपमा जिम्मेवारी पाएका सबै नेता अध्यक्ष ओली निकट हुन् ।

त्यसो त तेस्रो धारका नेताले शुक्रबार नै बैठक बहिस्कार गर्ने चेतावी दिइसकेका थिए । उनीहरुले १० बुँदे कार्यान्वयन नभएको भन्दै बैठक बहिस्कार गर्ने भनेका हुन् । त्यसबाट अध्यक्ष ओली झनै रिसाएका कारण तेस्रो धारले बैठकमा पनि जिम्मेवारी नपाएको एमाले स्रोतले बतायो । तेस्रो धारले बैठक बहिस्कार गर्ने भनेपछि अध्यक्ष ओलीले भनेका थिए– ‘मैले अस्ति नै खिल अड्क्यो अझै दुःख दिन्छ भनेको थिए नि ! देख्दै हुनुहुन्छ होला नि, फेरि दुःख दिने कुरा गर्दैछन् ।’, एक नेताले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसद्मा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्