“अर्काकी स्वास्नी” – सुबिन भट्टराई

६ चैत्र २०६८, सोमबार ००:०६ मा प्रकाशित

अर्काकी स्वास्नी लिएर छ सात घण्टाको यात्रा गर्नु पट्याइ लाग्दो मात्र होइन एक किसिमले मानसिक आतङ्क नै हुँदो रहेछ । यात्रा गर्दै जाने क्रममा त केही सहज स्थिति आयो तर जब मलाई यत्रो ठुलो जिम्मेवारी सुम्पिइएको थियो, बस चढेर धार्के नकटुन्जेलसम्म यसै डाको छोडेर रोइ दिउँ जस्तो लागि रह्यो । यद्यपि महिला परिचित थिई, तर ऊ विवाहिता हो भनेपछि अर्कै छाप पर्दो रहेछ । विहे पश्चात् म उक्त महिलासित धेरै नबोल्ने भैसकेको थिएँ । ऊ पनि मसित जति फरासिलो स्वभाव विहे अगाडि गर्दथी त्यसको एक चौथाइ पनि नगर्ने भैसकेकी थिई । अब यस अवस्थामा उसलाई काठमान्डौबाट बिरगन्जसम्मको यात्रा पार गरेर लैजानु मजस्तो अन्तर्मुखी स्वभावको मान्छेको लागि यौटा भयानक चुनौती साबित हुन गैरहेको थियो ।
बस चढ्ने बेलामा उसले झ्यालको सिट रोजी । बिको छ र सात नम्बरको सिट हाम्रो भागमा परेको थियो । महिलालाई प्राथमिकता जहाँ पनि छ, ऊ त झन् परिचित नै भै । झ्यालतिर बसेपछि एकपल्ट मतिर हेरेर मुसुक्क हाँसी, मैलेपनि किञ्चित कृत्रिम मुस्कान फ्याँकिदिएँ ।
बस आफ्नो गतिमा पहिला विस्तारै र पछि तीव्र गतिमा गुड्दै जान थाल्यो । खानीखोलाबाट सर्पझैं गुडुल्किएको राजमार्गमा गाडी घुम्दा उसले उलुक्क छादिरही, मलाई त्यतापट्टि हेर्न मन लागेन, यसै दिगमिग लागिरह्यो । एउटा हाँसो लाग्दो संवाद मनमा आइदियो—अर्काकी स्वास्नी छादिरहिछ । आफैँसित हाँसे । यो हाँस्नुको पनि अर्थ हुँदो हो । अर्थात् के भने नहाँसेर पनि काम चल्दो हो तर त्यो सकिएन । ठीक छ कम हाँस्ने मान्छेलाई यौटा हाँस्ने बहाना मिल्यो ।
हिजो दिउँसो बिरगन्जबाट अधिकारी काकाको फोन नआएको भए यस आइमाइलाई मैले मेरो सम्भावित रोमाञ्चक यात्रालाई यस्तरी बोझिलो बनाउनु पर्ने गरी च्यापेर लैजानु पर्ने थिएन । मलाई हिजो दिउँसो देखि नै यो मोबाइल भन्ने ठाँडो यन्त्रप्रति चरम क्रोध उत्पन्न भएको छ । यो नहुँदो हो त म यस आइमाइलाई न खोजी खोजी भेट्न जानु पथ्र्यो न यो आइमाइलाई सहयात्री बनाउनु पथ्र्यो ।
‘सम्झाउने काम सबै माहिलाका लोग्ने स्वास्नीले गरिसके, तँ त्यसलाई लिएर मात्र आइज ।’ अधिकारी काकाको ठाडो हुकुम थियो यो । अधिकारी काका हाम्रो टोलका सबभन्दा बुजु्रक बुढापुराना मान्छे । उसमाथि मेरा बाका सबभन्दा जिग्री । बा बितेर गएको भए तापनि अधिकारी काकाको मुहारमा म कतै न कतै मेरो बा भेट्टाउँछु । यसर्थ उनले दिएको आदेशका अघिल्तिर नतमस्तक भएर ‘हुन्छ’ भन्नु सिवाय अरु बिकल्प मेरा लागि केही थिएन ।
तर त्यसपछिको समस्यापनि कम जटिल थिएन । त्यस विवाहित आइमाइ अर्थात् अर्काकी स्वास्नीलाई भेटेर बिरगन्जसम्मको यात्रा तय गर्नु मेरा लागि सगरमाथा चढ्नु जत्तिकै थियो । तर अधिकारी काकाको अनुहार सम्झेर भएपनि मैले मैले त्यसो गर्नै पथ्र्यो । आँखा चिम्लेर, सङ्कोचलाई पैतालामुनि च्यापेको च्यापै गरेर म त्यस आइमाइलाई भेट्न गइ यात्राको छिनोफानो गरें ।
त्यो आइमाइ थिइ बद्रीकी स्वास्नी अङ्गुरा । बद्री मेरो सहपाठी थियो । उसको र मेरो सम्बन्ध त्यति राम्रो थिएन । यसमा प्रमुख कारणहरु हाम्रो दुइ अलग अलग सोच, बानी बेहोरा, शारीरिक बनावट आदि थिए । म सानैदेखि दुब्लो पातलो पिलन्धरे किसिमको भए तापनि पढाइमा अब्बल थिएँ । ऊ शारीरिक रूपले स्वस्थ, अग्लो मोट्टो थियो तर पढाइमा लम्फु । यसर्थ ममा उसको शारीरिक अब्बलताको डाहा थियो भने उसमा मेरो पढाइप्रतिको डाहा हुँदो हो ।
दुई वर्ष अगाडिमात्र यी दुईको बिहे भएको थियो । अङ्गुरा हेटौंडाकी केटी थिई । आइ. ए. मा तीनपल्ट जति ब्याक लगाएकी थिइै । बिरगन्ज उसको मावल भएकोले बारम्बार आइ राख्दथी । अधिकारी काकाको छिमेकी घर उसको मावली घर थियो । अब बद्री अधिकारी काकाको साख्य भतिज थियो, त्यहाँ माथि वल्लो घर र पल्लो घर । दुबै जना एक अर्कालाई प्रेम गर्न थालेछन् । अधिकारी काकाकोमा आउँदा जाँदा ऊ त्यहीँ वरपर हुन्थी, मसित पनि बोल्दथी, हालचाल सोध्दथी, कैले बजार जाऔँ भन्थी । एक दुइपल्ट गइएकै पनि हो । एकपल्ट टाँगा चढेर उसँग रक्सौल पनि गइएकै पनि हो । अङ्गुराको मामाले उसलाई लिएर रक्सौल गइदेऊ भनेर अनुरोध गर्दिएकाले म गइदिएको थिएँ । गाइँगाइँ गुँइँगुँइँ केसम्म हल्ला चलेको थियो भने अङ्गुराको मामा मलाई आफ्नी भान्जी भिडाउन खोज्दैछन् । तर त्यो सायद हल्लै हुँदो हो भन्ने मलाई लाग्दछ किनकि त्यो कुरा मेरो कानमा परेको एक महिनामै बद्री र अङ्गुराको बिहे भो ।
‘ल खाजा साजा खान झर्नुस् १५ मिनेट जति गाडी रोक्छ ।’ गाडी धार्के र महादेव बेशीको बीचतिरको यौटा व्यापारिक होटल अगाडि गएर रोकियो जहाँ दुइ वटा हायस पहिल्यैदेखि रोकिइ राखेका थिए र होटल भीडभाड र खचाखच थियो । अगाडि यात्रुलाई ख्वाउने भन्दा होटलको बिज्ञापन गर्ने नियतको खलाँसीको स्वरले निदाएका यात्रु समेत ‘हँ’ भन्दै ब्युँझेँ ।
अङ्गुरा छाद्दा छाद्दा थकित झैँ, कपाल पनि तितरबितर भएको अवस्थामा झ्यालबाट बाहिरपट्टि टोलाएर हेरिरहेकी थिई । आफ्नो भागको जिम्मेवारी बोध अनुभव गर्दै एकपल्ट उसलाई सोधेँ—केही खाने हो ?
‘अँहँ केही खान्नँ’ उसले झ्यालतिरबाट आफ्नो टाउको मतिर मोडाएर हेर्दै भनी ।
त्यसबेला केही खाने त मेरो पनि इच्छा थिएन, तर त्यस आइमाइबाट क्षणिक भएपनि मुक्ति पाउनलाई एकपल्ट उसलाई हेरेर ‘म बाहिर जान्छु है त’ भनेँ ।
उसले भनी ‘मपनि जान्छु बाहिर त π’
मैले कोसिस गरे पनि म उसबाट मुक्त हुन सकिन, कमसेकम त्यस क्षण, मेरो केही लागेन । ऊ मसित तल ओर्ली । मलाई चुरोटको तलतल लागेर आयो । गोजीबाट चुरोटको बट्टा झिकेर त्यसबाट एक खिल्ली निकालेर सल्काएँ ।
उसले मेरो कृयाकलापलाई ध्यान दिएर हेरिरही अनि एक छिनमा चुरोटको बट्टातर्फ हेर्दै सोधी—कुन चुरोट हो यो ? अलिक नौलो लाग्यो ।
मैले भनेँ—यो गुणन गरम हो ।सूर्यकै ब्रान्ड ।
एक सर्को तन्काएँ; धुवाँ फालेँ र उसलाई केही असहज स्थिति पैदा होला भन्ने लागेर सोधेँ—सबै चुरोटका ब्रान्ड चिन्छ्यौ ?
‘काठमान्डाँैमा किराना पसल गर्थँे ।’ उसले भनी ।
‘ए’ मैले एउटा अनुत्साही किसिमको उत्सुकता देखाएँ । यो यस कारण कि मलाई थाहा थियो ऊ काठमान्डाँैमा किराना पसल गर्दथी ।
राजमार्गमा तेज गतिमा गाडीहरु आवत् जावत् गरिरहेका थिए । ऊ एक टकले मैले चुरोट खाइरहेको दृश्य हेरिरहेकी थिई । मलाई केही अफ्ठेरो महसुस भैरहेको थियो । गर्मी चौपट भएकाले मैले उसलाई कोल्ड ड्रिङ्कको अफर गरें, तर उसले चियामा रुचि देखाइ दिइ ।
उसको साथका लागि अरुचि हुँदा हुँदै पनि मैले चिया पिइँदिएँ ।
बस फेरि हुँइकिँयो पैले विस्तारै अनि तीव्रतर गति लिएर । मस्तिष्क पनि उसैगरि अतीततिर हुँइकियो । बसमा खलाँसीले ९० को दशकका हिट रोमान्टिक गीतहरु बजाउन थाल्यो । गीतका शब्द र सङ्गीत अर्काकी स्वास्नीसित बसेर सुन्दै यात्रा गर्न योग्य थिएनन्, कमसेकम मेरा लागि । मेरो लागि अर्थात् यौटा अविवाहित पुरुषका लागि जो अर्काकी स्वास्नीसित बसेर यात्रा गरि रहेछ ।
एस.एल.सीमा म आफ्नो विद्यालयको सर्वोत्कृष्ट छात्रा साबित भएको थिएँ भनेँ जिल्लाभरिमा तेस्रो भएको थिएँ । बद्रीले मेरो सारा मिहिनेतलाई चोरीको फल भनेर जिल्लैभरि हल्ला पिटायो । मलाई असह्य भयो । म यति धेरै भावुक थिएँ कि त्यत्रो खुसियालीको बेलामा पनि रुन पुगेछु । यो सम्पुण कुरा मैर्ले अधिकारी काकालाई सुनाएँ । काकाले बद्रीलाई बोलाएर मार झपार्नु भो । त्यसपछि त हाम्रो सम्बन्ध झन् बिग्रियो । ऊ मलाई जहाँ भेटेपनि आँखा तरेर हिड्ने भो । मलाई उसका आाखाँहरु भयानक लाग्दथे । ठुल्ठुला राता न राता मानौ रातभरि ऊ सुतेको छैन, मानौ उसले आँखैभरि कृत्रिम रङ पोतेर हिँड्ने गरेको छ । अहिले यतिखेर म सम्झन्छु, त्यस्तो हेर्दै डरलाग्दो, भयानक, बाल्यकालमा हजुरआमाले सुनाएको दन्त्यकथाको राक्षसजस्तो देखिन्थ्यो ऊ । अनुहारमा पनि छ्याकछ्याक दागहरु थिए । यस्तो मान्छेलाई यो हिउँझैं उद्भाषित् हुने, सुन्दर, चञ्चल, मायालु लाग्ने अङ्गुराले कसरी मन पराइ होला भन्ने मलाई लागि रहन्थ्यो । म अधिकारी काकाको निम्तोमा आफ्नो घरको प्रतिनिधित्व गर्दै बिहेमा जन्ती जाँदा खेरि खाली यस्तै कुराहरु सोचिरहेको थिएँ । पटक्कै नसुहाउने जोडी । तर उसको मस्तिष्कमा यथेष्ट बुद्धि नभएपनि भीमकाय शरीरमा प्रचुर मुढेबल भने थियो । सायद त्यो पनि कुनै केटीलाई प्रभाव पार्न मनग्गे हुन्छ ।
तिनीहरुको बिहे भएपछि म आफ्नो पढाइमा अलिक बढी नै व्यस्त हुन थालेँ । म बिए सकेर डिग्री पढ्दै थिएँ । बद्री भने अगाढि पढ्न नसकेर बिरगन्जमै पारीबाट माल ल्याएर व्यापार गर्छु भनी लागेको थियो । यसर्थ ऊ लखनउ, दिल्ली आदि सहरहरु गइ राख्थ्यो । टोलमा हत्तपत्त उसको अनुहार देखिन्न थियो । आनन्द थियो ।
ऊ यसो चट्पटाइ, म झसङ्ग भएँ । त्रिशुली मास्तिर केबलकार ओहोर दोहोर गरिरहेको दृश्य देखिन्थ्यो, उसलाई मनकामना ढोग्नु रैछ । एकपटक नमस्ते गरी । उसले त्यसो गरेको देखी मैले पनि ऐजन गरेँ । कुरिनटारबाट एक दुइ जना मान्छे चढे । झ्यालतिर काँक्रो, लेज, पानी आदि बेच्ने केटाकेटी ओहोर दोहोर गरिरहेका थिए । उसले एक बोतल पानी मागी । मैले गोजीबाट पैसा झिकेँ तर उसले तिर्न दिइन मलाई र आफ्नै कालो रङ्गको ह्याण्ड ब्यागबाट बिसको नोट झिकेर तिरी ।
गाडी फेरि थपिएका प्यासेन्जरहरु समेतलाई लिएर अघि बढ्यो । अब किशोर कुमारका गीतहरु बज्न लागे । उसलाई वाकवाकी लाग्ने सन्च भैसकेको थियो ।
एक पटक उसले मतिर हेरि र सोधी—झ्यालतिर बस्ने ?
मैले ‘पर्दैन’ भनेँ । मलाई लाग्यो ऊ मसित केही बोल्न चाहन्छे । घरी घरी एक टकले ऊ मतिर हेरि रहन्थी, म वास्ता नगरेझैँ गर्दिन्थेँ । एकछिन त म निदाएँछु । सपनामा पनि उही बद्री बेला बेलामा मलाइँ आँखा तरेर हेरिरहेको झैँ लाग्दथ्यो । छेउमा उसैकी स्वास्नी थिई । मलाई विश्वाश नै गर्न गाह्रो परिरहेको छ कि म त्यही बद्रीकी स्वास्नीलाई लिएर हिँडिरहेको छु । म उसकी स्वास्नीलाई लिएर बिरगज्न पुग्दैछु भन्ने कुरा सायद उसलाई पनि थाहा छ । मलाई कौतुहल भैरहेछ ऊ मलाइ उसकी स्वास्नीका साथ उसको अघिल्तिर उभिँदाको क्षणमा कस्तो रियाक्ट गर्दो हो ? मैले बुझेसम्म ऊ मप्रति कृतघ्न नहुनु पर्ने हो ।
बद्री व्यापार व्यवसायतिर लाग्यो, म पढाइतिर लागेँ । म बद्रीले पढ्न नसकेकोमा उसलाई अनपढ भन्दै हिँड्न थालेको थिएँ, ऊ पनि मलाइ च्याँसे, खान नपाएको, चारआँखें आदिजस्ता उपनामहरु दिँदैँ ँिहँड्न थालेको थियो । ऊ पनि मलाई टाढाबाट देख्दा देख्दै आँखा तथ्र्यो, म पनि चश्मा भित्रैबाट भएपनि उसलाई आँखा तर्दिन्थेँ, डराइडराइकन ।
त्यसैले अहिले यतिखेर मलाई अचम्म लाग्नु स्वाभाविक हो । यस अर्थमा की म उसकी स्वास्नी लिएर हिँडिरहेको छु, जो बद्रीपछि पनि अरु कसैसित पोइल गइसकेकी थिई । सायद यै विषयमा अङ्गुरा आफ्नो मुख खोल्न खोजिरहेकी थिई मसित तर मनै उसित टटर्किरहेको थिएँ । यत्रो यात्रामा कुराको प्रसङ्ग कहीँ न कहीँ कतै न कतै उक्किएला झैं लागेको थियो । साढे एघारतिर गाडी मुग्लिन नजीकै खाना खाने ठाउँमा रोकिइहाल्यो । रामगढतिर लैजाला भन्ने लागेको थियो मलाइ तर त्यसो भएन ।
मलाई लागिरह्यो ऊ खाना पनि नखाँदी हो । तैपनि औपचारिकताका खातिर एकपल्ट सोधेँ—खाना खान्छ्यौ ?
उसले भनी ‘भोक लाग्या छ ।‘
होटल छिरेर हातसात धोइवरी आएर टेबलमा बसेको केहीबेर बितेको थिएन, खाना टेबलमा आइ नसकेको अवस्थामा उसले मलाइ सोधी ‘तपाइँले बिहे गर्नुभाछैन ?’
मैले साँचो भन्दिएँ, उसलाई त्यतिले मात्र पुगेन फेरि सोधिदिइ ‘किन नि ?’
यो के प्रश्न सोधिदिई ? बिहे गर्न अलिकति ढिला हुँदैमा यो प्रश्न सोध्नैपर्छ ? गर्दिनँ भनेको त होइन ।
तैपनि केही नसोचि फ्याट्टै भन्दिएँ—यसै, लगन नआएर भन्नुपर्ला ।
मलाई आफ्नो उत्तर फलानो के भएर म¥यो भनी सोध्दा, सास गएर भनेझैँ लाग्यो । तर यो उत्तरमा भने ऊ सन्तुष्ट भइ सायद त्यस अगाडि नसोधकाले ।
टेबलमा मासुभात आयो । उसले आपूm मासु नखाने बताएपछि बेयराले मासु फिर्ता लग्यो । मैले पनि नखाने नै बताइदिएँ । त्यसपछिको परिस्थितिमा मलाई पनि ऊ पोइल गएको प्रसङ्ग कोट्याउन सजिलो भयो । पहिले यसरी सोधेँ—काठमान्डौँमा कोसित बस्थ्यौ ?
उसले अलिक छोटकरीमा बताइ—उसको पसल थियो ।
‘यो ऊ को त ?’ बद्रीकी स्वास्नी कसलाई ऊ भनेर सम्बोधन गरिरहेकी छ ? सोधुँ सोधुँ लागिरहेको थियो ।
‘उसको नाम लक्ष्मण हो ।’ उसैले भन्दिई, मलाई झन्झट र कौतुहल दुबैबाट मुक्त गराइ दिई ।
त्यसपछि एकछिन खानमा व्यस्त भयौँ । सँगै चुठ्यौँ । भात खाएको सम्पूर्ण पैसा मैले नै तिरेँ । ऊ पनि तिर्न अघि सर्दै थिई तर मैले दिइनँ । त्यसपछि बाहिरपट्टि निस्केर मैले चुरोटको प्याकेटबाट अर्को चुरोट झिकी सल्काएँ । अनि उसलाई सोधें—अनि अब फेरि लक्ष्मणलाई छाडेर………….।
मैले प्रश्न पूरा गर्न सकिनँ । आएन भनुँ न अझ । या उसले बुझी होली भन्ठानेर बीचैमा छाडिदिएँ । ऊ अलिक बाठी नै थिई, कमसेकम यति बुझ्नलाई । भनी—बद्रीको व्यवहार त्यस्तो नभएको भए यो जरुरी नै थिएन ।
म गर्छु आग्राको कुरा ऊ गर्छे गाग्राको कुरा । मैले लक्ष्मणको प्रसङ्ग उक्काएको थिएँ, उसले बद्रीतिर कुरो पु¥याइ ।
बस स्टार्ट भयो । आधाउधी चुरोट बाँकी थियो सो मिल्काइ दिएँ । त्यसपछि बस बिस्तारै हिँड्यो, अघिको जस्तो तीव्रतर गतिमा अघि बढेन ।
एक पटक बद्रीले मेरो हातै भाँचिदियो । हामीहरु समूहमा खेल्थ्यौं । राम्रोसित बोलचाल नभएको भएतापनि समूहमा खेल्न त्यति असहज थिएन । तिनताका वल्र्ड कपको ज्वरो पुरै बिरगन्ज बासीलाई थियो । हामी पनि के कम थियौं र ? वरपरका केटाहरु मिलेर पैसा उठाइ यौटा ५ नम्बरको फुटबल किन्यौँ र हरेक दिन खेल्न थाल्यौँ । कोही आफूलाई म्याराडोना सम्झन्थ्यो, कोही पेले, कोही बाटिस्टुटा । हरेकका आ—आफ्ना आदर्श खेलाडी थिए । म उसै त सुकेनास लागे जस्तो, हातखुट्टा पनि ठेश लाग्यो कि भाँचिएला जस्ता थिए । त्यहाँमाथि बद्रीले बल गरेर मलाई पछिल्तिरबाट मेरो हात समाइ ह्वात्तै हुत्याइदियो । मेरो सम्पूर्ण शरीर भुँइमा लड्दा कुमको हड्डीको चाप जमिनमा सबभन्दा बढ्ता परेर होला त्यहाँको हड्डी नै फ््रयाक्चर भयो । मलाइ पूरा थाहा छ यो बद्रीको उद्देश्यमूलक बदमासी थियो तर कसैलाई केही पनि भन्न सकिनँ र मनमनै मात्र यति संकल्प गरेँ कि यसको मूल्य म ब्याज सहित चुकाउने छु ।
म एक पटक अङ्गुरालाई हेर्न पुगेँछु । राता राता उज्याला गाला थिए उसका । आँखा उज्यालो दिनमा जम्मै खुलेको आकाश मुनिको माछापुच्छ्रे श्रृङ्खला जस्तो थियो । ओठपनि काठमान्डाँैको जमल वा बसन्तपुरको फुटपाथमा बेच्न राखिएका स्ट्रबेरीजस्तो लोभलाग्दो थियो । उसको केश चार कोसे झाडी जस्तो घनत्व भएको थियो । अनि त्यहाँबाट प्रसारित भैरहेको थियो लिभोनको धुमिल गन्ध । यो माादकता, अपशोच अर्काकी स्वास्नीको थियो । अर्काकी स्वास्नी अर्थात्, बद्रीकी स्वास्नी ।
म उसलाई एक टकले हेरेको उसले चाल पाइछ, सोधी—के हेर्नु भएको त्यस्तो ?
मलाई लाज लाग्यो । मैले त्यो प्रश्नको उत्तर दिनु सट्टा कुरा छल्ने हेतुले उल्टै उसलाई नै प्रश्न गरेँ—अनि लक्ष्मणलाई पनि यसै छाड्दिन्छ्यौ ?
‘अस्ति माल्दाइ र भाउजु आउनु भाथ्यो मेरोमा’ उसले भनी ‘बद्रीको बिजोक सुनेँ ।’
‘अनि लक्ष्मणको बिजोक हुँदैन ?’ मैले सोधेँ ।
‘उसकी त जेठी पनि छ ।’ उसले झ्यालतिरको सिसा अलिकति लगाउँदै भनी ।
‘अनि उसलाई जानकारी दिएर जान आँटेकी ?’
‘हैन हैन’ उसले मेरो कुरा बीचैमा काटी । ‘उसलाई जानकारी दिएर जान कहाँ सम्भव छ । ऊ गाउँ गएको मौका छोपेर हिँडेकी ।’
‘छोराछोरी भएनन् ?’ मेरो प्रश्न ।
‘अँहँ’
‘ऊ गाउँबाट फर्किए पछि सब थाहा पायो भने ?’ मैले उसलाई तर्साउने हिसाबले भनेँ ।
‘त्यो त मैले सोचेकी नै छैन ।’ उसले पनि अलिकति निधार खुम्च्याएर भनी ।
यतिन्जेलसम्म बसले साङगीतिक विश्राम पाएको थियो, त्यो टुट्यो । अब नेपाली लोक गीतको पालो आयो । उसित बोलिरहन अलिक संम्भव जस्तो देखिएन । चुप लागेँ । म एकछिनसम्म चुप लागेको हुनाले अब उसित बोल्दिनँ होला भन्ठानेर होला उसले पनि आफ्ना आँखा मबाट हटाएर झ्याल बाहिरतिर लगी ।
एकपल्ट माओवादी ससस्त्र जनयुद्ध चलिरहेको बेलामा बद्रीले मलाई माओवादीको बिल्ला भिडाएर सम्भव भएसम्म सारा संसार हल्लिने गरी झ्याली पिट्यो । त्यो बेलामा मेरो एम.ए प्रथम वर्षको जाँच चलि राखेको थियो । म रातको १२, १ बजेसम्म पढिराखेको हुन्थें । मेरो कोठामा बत्ती यसर्थ त्यतिबेलासम्म बलिरहनु कुनै अनौठो कुरा थिएन । तर नपढ्ने मान्छेको समाजमा त्यो पनि एउटा अचम्म लाग्दो कुरा नै रहेछ ।
मेरो यो गतिविधि पुलिसहरुलाई समेत जानकारी भएछ । एक दिन दिउँसै मेरो कोठामा आएर मलाई पुलिसहरुले सोधपुछ छ भनी पुर्जी देखाउँदै लगे ।
थानामा पुगेपछि मैले जे सत्य हो त्यै भनिदिएँ । तर तिनीहरुले चित्तबुझ्दो स्पष्टीकरण नभएको भनी मलाई त्यस दिन त्यतै राखे । भोलिपल्ट अधिकारी काका, क्याम्पस चीफ र केही साथीभाइहरु जमानत पुर्जी लिएर आए र आवश्यक बयान दिएर मलाई छुटाएर लगे । म त्यहाँबाट निस्केर गएपछि मेरो टोल तथा सम्पूर्ण गाउँमा ‘अनावश्यक हल्ला फैलिएछ ’ भनी विश्लेषण गरियो । कसैले बद्रीको कर्तुत भनेर अड्कल काट्न सकेनन् । तर म भने ढुक्क थिएँ यो सारा कर्तुत उसैको थियो । भित्रभित्रै मुर्मुरिएर बसेँ ।
जति सम्झिंदै गयो उति रीस उठ्दै जाने, बद्री यस्तै थियो कमसेकम मेरा लागि । यता उसकी स्वास्नी भने रहर लाग्दी, माया लाग्दी देखिन्थी ।
तत्कालै मलाई अङ्गुरालाई एउटा प्रश्न सोध्न मन लाग्यो । मौका कुर्दै थिएँ । बाटामा ठ्याक्कै बसवालाहरुले कर तिर्ने ठाउँ आइ पुगेछ । एकछिनलाई गीतपनि अफ भयो र बसपनि रोकिएर यौटा ट्रकको पछिल्तिर लाममा गएर बस्यो । त्यै मौकामा उसलाई सोधेँ—तिमीलाई बद्रीको बढी माया लाग्छ कि लक्ष्मणको ?
उसले एकछिनसम्म सोची र भनी—खै भन्न सक्तिनँ म त π
मलाई थप ¥याख¥याख्ती पार्न मन लाग्यो । भनेँ—तैपनि अलिकति उन्नाइस बिस भन्ने हुन्छ नि π
‘खै’ उसले यसरी भनी ‘पैले बद्रीलाई माया गर्थे“, ऊपनि मलाई नै माया गथ्र्यो, त्यसपछि उसले मलाई माया गर्न छाड्यो मैले लक्ष्मणलाई माया गर्न थाले“ । र अहिले पनि म लक्ष्मणलाई नै माया गर्छु तर बद्रीको बिजोक सुनेपछि लाग्यो उसलाई झन् मेरो मायाको आवश्यकता छ ।’
अनि उसले मेरो ऑखामा घुरेर केही नखरा पारेको लवजमा भनी ‘कस्तो अफ्ठेरो प्रश्न गरेको ?’
मैले पनि केही हँ“स्दै भनें ‘प्रश्न त अफ्ठेरो मात्रै थियो तर उत्तर दिमागै खाने दियौ नि ।’ दुबै गलल हॉस्यौ“ ।
व्यापारी भएपछि बद्रीको अधिकांश समय बिरगन्ज भन्दापनि भारतका सहरमा बित्न थाल्यो । बिरगन्जमा उसको व्यापार हेर्दिने अङ्गुरा छ‘“दै थिइ । ऊ कैलेका“ही घर आउ‘थ्यो । आएको बेलामा पनि उसको अङ्गुरासित त्यति सहज लोग्नेस्वास्नीको जस्तो सम्बन्ध रह‘दैनथ्यो । शुरुमा तिनीहरुको व्यापार पनि राम्रै चल्दै थियो । व्यापारबाटै बद्रीले आफ्नो पुरानो घरको उचित स्याहार—सुसार, रङ्ग, रोगन गरेर टिडिक्क बनाएको थियो । नत्र उसको घर तबेला भन्दा पनि गए गुज्रेको देखिन्थ्यो । १ बिघा खेतपनि जोड्न भ्याइसकेको थियो । स्वास्नीलाई पनि गर—गहनाले झरझुट्ट पार्दिएको थियो । तर शनैः शनैः उसमा नेपाली कम र भारतीय नागरिक ज्यादा भएको भाव देखिन थाल्यो । पहिले ऊ कैलेकॉही भारत जान्थ्यो माल लिनलाई । तर पछि कैलेका“ही ऊ नेपाल आउन लाग्यो स्वास्नी भेट्नलाई । पैले ऊ टन्न सामान लिएर आउ“थ्यो भारतबाट, पछि ऊ नेपालबाट उल्टै केही न केही लिएर जान थाल्यो, जस्तो कि बेच बिखन गरेर आउने पैसा सोहोरपट्टार लिएर जान थाल्यो र आउ“दा रित्तो हात आउन थाल्यो । यो नै एकमात्र कारण बन्यो उसको र अङ्गुराको सम्बन्ध बिग्रने ।
‘लोथर आउन लाग्यो हो ?’ अङ्गुराले मलाइ सोधी ।
‘हो’ मैले भने“ ।
‘आहा π अब आउन लाग्यो π उसोभए ।’ ऊ केही फुर्किई ।
मलाई उसित मैले गर्दै आएको प्रसङ्गका कुराहरु गरेर पुगेको थिएन । यतिखेर गाडीपनि लोकगीत बजाउ“दा बजाउ“दा थाकिसकेको थियो सायद । बोल्ने राम्रै वातावरण थियो ।
मैले उसको मन चोर्ने हिसाबले सोधे“—तिमीलाई के लाग्छ; बद्री अब सुध्रिसक्यो ?
‘मलाई यत्ति थाहा छ अहिले उसलाई मेरो खा“चो छ ।’ उसले भनी ।
‘तिम्रो खा“चो कुन रूपमा छ थाहा छ तिमीलाई ?’ मैले फेरि सोधे“ ।
‘एउटी स्वास्नीको रूपमा, अरु के हुन्थ्यो र ?’ उसले कुरो नचपाइकन निष्फिक्रीसित भन्दिइ ।
‘तिमी कत्ति सोझी छ्यौ अङ्गुरा ।’
‘त्यसो भए के त ?’
‘तिमीलाई थाहा छ बद्रीलाई के रोग छ ?’ अब भने म कुरोको चुरो बुन्न थाले“ ।
‘टि.बि. भन्थे माल्दाइले ।’ उसले भनी ।
‘टि.बि हैन एड्स छ त्यसलाई ।’ मैले यति भनिसकेपछि लामो सास फेरे“ । अनि फेरि आफूभित्रको राक्षसको केही अ“श निकाली थप भन्न लागे“—बद्रीलाई स्वास्नी होइन आया चाहिया हो । त्यस्तासित कसले बिहे गर्न मान्छ । तिमीलाई भए थोरै फकाउ“दैमा मानिदिने भइहाल्यौ, यसैले यो यत्रो जाल बुनिएको हो ।
ऊ केही त्रसित झै“ देखिन लागी । मलाई भने उसको मुहार देखेर माया लाग्न थाल्यो । केही आत्तिए झ“ैं, केही सशङ्कित झै“, केही पराजित झै“, खै कस्तो कस्तो धेरै भावहरु, म बयान गर्न सक्तिन“, एकै चोटी उसको सुन्दर मुहारमा कहा“बाट उत्रियो ।
मभित्रको दानवको हु“कार सकिएको थिएन, अझै सक्रिय नै थियो ।
उसलाई भने“—ऊ अब एकदुइ वर्षभन्दा बॉच्ने छैन ।
ऊ थप डराइ ।
मैले फेरि भने“—तिमीलाई थाहा छ एड्स सरुवा रोग हो भन्ने कुरा ।
यहा“नेर आएर मैले रिक्स लिएकै हु“ । तर ऊ बाठी थिई । काठमान्डा“ैमा पसल गरेर बसेकी थिई । ऊ डराएको अवस्थामै भएपनि बीचैमा मेरो कुरा काटी—तर रेडियो टिभिले त यो सरुवा रोग होइन भन्छ नि π
मैले पनि तर्क निकिलिहाले“—हो त्यो केही सत्य हो । तर लोग्ने स्वास्नी बाहेकका सम्बन्ध भएका मान्छेका हकमा । तिमीलाई के लाग्छ तिम्रो यस्तो मादक, लोभलाग्दो जवानी देखेर त्यो तिम्रो स्तुति गरेर ब्रम्हचारी भएर बस्छ । तिमीलाई थाहै छ अङ्गुरा त्यो इन्डियामा रन्डीहरुसित लहसिने भएर नै आज तिम्रो यस्तो बिजोक भएको हो । तिम्रो त के आखिरमा बिजोक त उसैको भो ।
ऊ सम्पूर्ण आतङ्कित देखिन लागी । चिटचिट पसिना काढी । ब्यागबाट एउटा सेतो कलरको रुमाल झिकेर अनुहारको पसिना पुछ्न लागी । अनि यौटा मायालु दृष्टिले मतिर हेरि ।
त्यो दृष्टि हाय π म यति भावुक भए“, तत्काल आफै“ रोइदिउ“ जस्तो लाग्यो । कस्तो उदासीन आ“खा त्यो, कत्ति टीठलाग्दो, न रुन सकेको न हा“स्न सकेको, नीरिह, कमजोर, असहा्य हेराइ थियो त्यो । म यसै द्रविभूत भए“, मेरो अन्तस्करण नै ठिहि¥याउन लाग्यो । उसलाई एकपल्ट आङ्खनो छातीमा आढ लाग्न दिएर थप्थपाउनु जस्तो । खै कस्तो कस्तो । एकपटक त आफै“प्रति घोर अपशोच उत्पन्न भयो । बेकारमा भनेछु यी सब झै“ लाग्यो ।
‘अब म के गरु“ त ?’ उसले रुन्चे शब्दमा यो भनी बडो कारुणिक ध्वनीका साथ ।
‘लक्ष्मणलाई तिमी यता आउन लागेको थाहा छैन भन्यौ नि हैन ?’ मैले कुरो पक्रेर सोधे“ ।
‘अ“ह ऊ गाउ“ गएको छ ।’ उसले केहीबेर अगाडि भनेको कुरो दोहो¥याइ ।
मैलेपनि उसलाई उचित सल्लाह दिने हिसाबले भने“—केही बिग्रेको छैन अङ्गुरा π लोथरमा दुबै ओर्लौ“ला । म तिमीलाई काठमान्डा“ै जाने बसमा सही सलामत चढाइदिन्छु र आफू बिरगन्जतिर लाग्छु । कसैले सोधे अङ्गुरा बीच बाटामै गुम भै भन्दिन्छु । तिमी चिन्तै नगर बीरगन्ज पुगेपछि त म सब सम्हालि हाल्छु ।
ऊ अझै केही संदिग्ध रही । भनी—त्यसो गर्नु उचित होला ?
‘किन बेठीक हुन्छ र ?’ मैले भने“ ‘बद्रीको जीवन त बर्बाद भयो भयो, त्यसले गर्दा तिम्रो जीवन पनि बर्बाद हुन्छ । उता लक्ष्मणको बर्बादी फेरि आङ्खनो ठाउ“मा छ‘दै छ । तीन तीन वटा जीवन बर्बाद हुनुभन्दा यौटै जीवन बर्बाद होस् न ।’
‘हुन त हो ।’ उसले केही अन्कनाउ‘दै भनी ।
‘अब धेरै नसोच’ मैले भने“ ‘यति राम्री छ्यौ । माया गर्ने लोग्ने छ । छोराछोरीको रहर हु“दो हो । जाउ काठमान्डा“ै र आरामले बा“च आङ्खनो जिन्दगी । बद्री भन्ने एकादेशमा यौटा पात्र आङ्खनो जीवनमा थियो भन्ने कल्पनासम्म नगर । त्यसो गरे सुखी रहौली ।’
उसले एकपल्ट तुरुक्क दुइथोपा आ“शु चुहाइ, सायद बद्रीको नाममा । अनि पुनः अघि पसिना पुछेको रुमालले आ“शु पुछि र केही दृढ आवाजमा भनी ‘हुन्छ मलाइ लोथरबाट काठमान्डा“ैको गाडीमा पठाइ दिनु होला ।’
लोथरको पुल अगाडि मैले गाडी रोकाए“ । दुबै झ¥यौ“ र बाटो काट्यौं । केही बेरमा एउटा बिरगन्जकै गाडी आयो काठमान्डा“ै जाने । उसलाई गाडी चढाइ दिए“ । खला“सीले देखाएको सिटतिर झ्यालपट्टि एउटा लोग्नेमान्छे बसिरहेको थियो । उसलाई छेउतिर सर्न लगाएर अङ्गुरालाई झ्यालतिर राखिदिए“ ।
छुट्ने बेलामा भने“ ‘लौ त अङ्गुरा, तिम्रो र मेरो यात्रा यै“ सम्मको रैछ । माया नमार है ।’
उसले टाउको हल्लाइ । म ओर्लें । ऊ चढेको बस गुड्यो । उसले झ्यालतिरबाट पछि फर्कि फर्किकन मलाई हेरी । मैले हात हल्लाए“ । उसले पनि ऐजन गरी ।
अब म पल्लो साइडमा गएर बिरगन्ज जाने गाडी कुर्न लागे“ । एक किसिमले मनमा वर्षौदेखि रोपिएको किल्लो निक्लेजस्तो भएको थियो । तर पुनः अधिकारी काकालाई के जवाफ दिने भनेर चैं मनमा अर्को किल्लो रोपिइसकेको थियो ।
(२०६७ असार)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा