कोरोना सङ्क्रमणको ग्राफ ओरालो लागे पनि जोखिम भने कायमै

९ आश्विन २०७८, शनिबार १४:५८ मा प्रकाशित

काठमाडौँ ।चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा माथि रहेको छ ।

सक्रिय संक्रमितको संख्या ५ सय माथि भएपनि अहिले विद्यालय र बजार पूर्णरुपमा खुलेका छन् भने चाडपर्व नजिकिदै गएकाले कोरोना संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । शुक्रवारसम्म चितवनमा ५ सय ८५ जना सक्रिय कोरोना सङक्रमित रहेका छन् ।

जोखिम कायमै रहेको भएपनि पछिल्लो समय कोरोना संक्रमितको संख्या भने घट्दै गइरहेको छ । चितवनमा पिसिआर परीक्षणमा १० प्रतिशतभन्दा थोरैमा संक्रमण देखिने गरेको छ । कोरोनाका गम्भीर प्रकृतिका बिरामी घट्दै जानु र मृत्युदरमा कमी आउनुले पनि कोरोनाको संक्रमणदर घटेको स्वास्थ्य कार्यालय चितवनले बताएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय

जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्डको रुकुमपश्चिम र डोल्पा सडकमा  पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । रुकुमपश्चिममा पर्ने त्रिवेणी बजार र

काठमाडौं । सरकारले १२ वर्षभन्दा बढी उमेरका किशोरकिशोरीलाई कोभिड–१९ विरुद्ध अमेरिकी कम्पनी फाइजर–बायोएनटेकद्वारा उत्पादित फाइजर खोप दिने तयारी गरेको छ। पछिल्लो समय

काठमाडौँ । गएको वैशाखमा गरिएको आँकलनअनुसार नेपालमा औषतभन्दा १५ प्रतिशत बढी वर्षा भएर यही अक्टोबर ११ मा आठ दिन ढिला