काठमाडौंलाई ललितपुरद्वारा मध्यम लक्ष्य प्रस्तु, सन्दीप र अफ्रिदी विकेटविहीन

९ आश्विन २०७८, शनिबार १४:२४ मा प्रकाशित

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा काठमाडौं किङ्स इलेभेनलाई ललितपुर प्याट्रीएट्सले मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा शनिबार जारी उद्घाटन खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको हो । ललितपुरका लागि पवन सर्राफले अर्धशतक प्रहार गरे । उनले ४४ बलको सामना गर्दै ६१ रन जोडे । साथै, योगेन्द्रसिंह कार्कीले ३३ रन, मिक्यो दोर्जीले १७ तथा शंकर रानाले १३ रन बनाए । खेलमा कप्तान कुशल भुर्तेल ठूलो सट खेल्ने धुनमा डकआउट भएका थिए ।

काठमाडौंका तीव्र गतिका बलर जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, रायन बर्ल र गुल्सन झाको नाममा समान २/२ विकेट रह्यो । आजको खेलमा कप्तान सन्दीप लामिछाने र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको जादू चल्न सकेन । उनीहरु विकेटबिहीन रहे ।

ललितपुर प्याट्रिएट्स
कुशल भुर्तेल (कप्तान), सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, राशिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नान्डो, शनदुन विराक्कोडी र मिक्यो दोर्जी ।

काठमाडौँ किंग्स एलेभेन
सन्दीप लामिछाने (कप्तान), अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दीपेन्द्र रावत, आकाश चन्द, अमरसिंह रौटेला, गुल्सन झा, साहिद अफ्रिदी, जनक प्रकाश, रायन बर्ल, रहमनुल्लाह गुर्बज ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

कास्की । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन् । पोखरा

काठमाडौं । आजदेखि आईसीसी टी-२० क्रिकेट विश्वकपमा दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछ । पहिलो चरणको खेल

काठमाडाैँ । आज २३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका

आजको प्रमुख समाचार