बोली फेर्दै सिनेमा खेल्दै

४ आश्विन २०६९, बिहीबार २०:२५ मा प्रकाशित

‘पाए अन्त नपाए लखनको जन्त’ यस्तै भएको छ अहिले नायिका झरना बज्राचार्यको जीवनमा । नेपाली सिनेमाकर्मीहरूले चाहिनेभन्दा बढी नै महत्व दिन थालेपछि– ‘सिनेमा खेल्ने त इच्छा नै छैन’ भन्दै म्युजिक भिडियोतिर हराइरहेकी उनी पछिल्लो समय नायिकाभन्दा पनि बढी मोडल हुन पुगेकी थिइन् । पछि आफूभन्दा निकै जुनियरसँग पनि भिडियोमा कम्मर मर्काएर नाच्नुपर्दा उनलाई पनि खासै रमाइलो भने लागेको रहेनछ । सबैको हाईहाई पाएकी झरनाले फिल्मबाट बाईबाई हुने अवस्थामा आइपुग्दा भने केही रामै्र कुरा सोचिन् र भन्न थालिन्– ‘सिनेमा क्षेत्रलाई त्याग्न सक्दिनँ ।’
यसरी समय र परिस्थितिअनुसार विचार, सोच र उद्देश्य बदल्न सक्ने झरना यतिबेला भने सिनेमाबाट अफर आउनासथ नाइँनास्ती होइन कि ‘ए कुरा गरौँ न त’ भन्न थालेकी छिन् । यसकारणले पनि उनले गत हप्ता मात्र दुईवटा चलचित्रमा काम गर्न मञ्जुरी दिएकी छिन् ।
झरनाले अभिनय गरेका सिनेमा हिट छैनन् तर पनि उनलाई मन पराउने र पर्दामा झरनालाई हेर्नका लागि तयार हुन सिनेमाहलमा दर्शकको सङ्ख्या नभएको पनि होइन । यो कुरा बुझेर पनि होला अब झरनाले पहिलेजस्तो सिनेमालाई ‘छ्या’चाहिँ नभन्लिन् कि ? यो हाम्रो अनुमान हो

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बुले ‘जलेर खरानी’बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। मार्मिक

काठमाडौँ । पछिल्लो समय साङ्गीतिक बजारमा नेपाली लोक गीत सङ्गीतको चर्चा परिचर्चा ह्वात्तै बढेको छ । लोक तथा दोहोरी गीत

काठमाडौँ । पुरानो क्लासिक शैलीको झझल्को दिने किसिमले केहि नयाँ प्रयोग सहित गायक बिन्ती कुमार गुरुङले आफ्नो नयाँ सांगीतिक कोशेली

काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको