काठमाडौंले टस जित्यो, ललितपुरलाई ब्याटिङ्गको निम्तो

९ आश्विन २०७८, शनिबार १२:०९ मा प्रकाशित

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । इपीएलको उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीएट्स र काठमाडौं किङ्स इलेभेनबीच प्रतिस्पर्धा गर्दैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले ललितपुरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टस जितेर काठमाडौंका कप्तान सन्दीप लामिछानेले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन । योसँगै ललितपुर व्याटिङमा उत्रिने भएको छ ।

ललितपुर प्याट्रिएट्स
कुशल भुर्तेल (कप्तान), सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, राशिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नान्डो, शनदुन विराक्कोडी र मिक्यो दोर्जी ।

काठमाडौँ किंग्स एलेभेन
सन्दीप लामिछाने (कप्तान), अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दीपेन्द्र रावत, आकाश चन्द, अमरसिंह रौटेला, गुल्सन झा, साहिद अफ्रिदी, जनक प्रकाश, रायन बर्ल, रहमनुल्लाह गुर्बज ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

कास्की । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन् । पोखरा

काठमाडौं । आजदेखि आईसीसी टी-२० क्रिकेट विश्वकपमा दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछ । पहिलो चरणको खेल

काठमाडाैँ । आज २३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका

आजको प्रमुख समाचार