रेखा नहुँदा छविलाई छटपट

४ आश्विन २०६९, बिहीबार २०:२२ मा प्रकाशित

काठमाडौं । करिब तीन महिनाअघि नायिका रेखा थापाबारे फिल्म निर्माता छवि ओझाले भनेका थिए, ‘रेखालाई नायिकाका रुपमा म फिल्ममा सहर्ष स्विकार्छु । वैवाहिक जीवन यात्रा टुंगिएपनि प्रोफेश्नमा हामी सँगै हुनेछौं ।’

रेखा र छविको १२ वर्षे लामो वैवाहिक जीवन टुंगिएको विषयलाई हल्ला भनेर टार्दै आएका दुवैले त्यसपछि ‘हमेसा’ सिनेमामा सँगै काम गरेर सहयात्री बन्ने संकेत पनि गरे ।

तर त्यो संकेत मात्रै उनीहरुबीच फाटेको मन जोड्न पर्याप्त भएन । १ असोजमा गरिएको ‘हमेसा’को शुभमुहूर्तमा नायिका रेखा देखै नपर्नुलाई यही रुपमा हेरिएको छ । यद्यपि छविले चलचित्रको पूरै युनिट छनोट भईनसकेकोले जम्मै कलाकार नआएको भन्दै टार्न खोजे । अनुबन्धित भईसकेका कलाकार शुभमुहूर्तमा नआउनुलाई अर्थपूर्ण रुपमा हेरिन्छ । छविले सिनेमामा पक्का भएका कलाकार आइदिएको भए राम्रो हुन्थ्यो भन्दै छट्पटी भने पोखे ।

छविले रेखाकै नाममा आफ्नो कम्पनी दर्ता गराएका छन् भने रेखाले यही कम्पनीबाट आधा दर्जनभन्दा बढी सिनेमा खेलेकी छिन् । आफूहरुबीचको वैयक्तिक सम्बन्धमा उतारचढाव आएपनि त्यसले प्रोफेश्नलाई प्रभाव नपार्ने दुवैले दाबी गरेपनि पहिलो गाँसमै ढुंगा लागेको छ । यस्तो घोषण गरेपछिको पहिलो फिल्ममै उनीहरुको विवाद साम्य नभएको देखिन्छ ।

‘हमेसा’मा रेखा सविन श्रेष्ठसँगै अभिनय गर्नेछिन् । अर्का एक नायकको टुंगो भने लागिसकेको छैन । यो चलचित्रलाई सवीर श्रेष्ठले निर्देशन गर्नेछन् ।
Source: filmnepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । दक्षिण भारतका चर्चित अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्थाको वैवाहिक जीवनमा संकट आएको विषय अहिले सामाजिक सञ्जाल र

काठमाडौ । दिलकी रानी सार्वजनिक भएको छ । यो गीतमा सरोज अधिकारी र आश्मा बिश्वकर्माको खुबै रोमान्स देख्न सकिन्छ ।

काठमाडौं। कोरोनाका कारण ठप्प रहेको फिल्म प्रदर्शन दशैंबाट सुचारु हुने भएको छ । हल सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघले आइतबार

न्यूयोर्क । ‘मिस नेपाल युएस–२०२१’को ताज प्रतिक्षा शुक्लाले जितेकी छन् । न्यूयोर्कमा आयोजित फिनालीमा आफ्ना दश जना प्रतिस्पर्धीलाई पछि शुक्लाले