नयां सरकारका निर्माणका लागि राष्ट्रपतिले अग्रसरता लिनुपर्ने नेता महतको सुझाव

४ आश्विन २०६९, बिहीबार १८:४५ मा प्रकाशित

काठमाडौ, ४ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले दुई दिनभित्रमा दलहरुवीच सहमति हुन नसके राष्ट्रपतिले आफै अग्रसरता लिएर एकसाताको समय दिई सहमतिको सरकार गठनको लागि दलहरुलाई आब्हान गर्नु पर्ने सुझाव दिनुभएको छ । रिपोर्टर्स क्लब नेपालले विहीबार अयोजना गरेको साक्षात्कारमा उनले सहमतिको सरकार बन्न नसके जसको नेतृत्वमा बहुमत देखिन्छ त्यसैको नेतृत्वमा सरकार गठन गरेर राष्ट्रिय सहमतिको स्वरुप धारण गर्न निर्देशन दिनुपर्ने धारणा राख्नुभयो ।
साक्षात्कारमा डा. महतले निर्वाचन गर्न नसकेर सर्वाङ्ग नाङ्गो भइसकेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारअब एक मिनेट पनि बस्न नहुने भन्दै प्रधानमन्त्री स्वयमले ‘मैले निर्वाचन गराउन सकिन, सहमति जुटाउन सकिन, त्यसैले सहमतिको सरकारको लागी राष्ट्रपतिले आब्हान गर्नु परयो’ भनि सिफारिस गर्नु सबैभन्दा उपयुक्त विकल्प भएको उल्लेख गर्नुभयो ।
उहांले कांग्रेसले सरकारको नेतृत्वकालागि मरिहत्ते नगर्ने भए पनि चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने विषयमा पहिला धेरैपटक सहमति भइसकेको स्मरण गराउंदै अब त्यसमा विवाद गर्न नहुने तर्क गर्नुभयो । बैशाखभित्रमै नयाँ निर्वाचन गरिसक्नु पर्ने धारणा राख्दै उहांले सहमतिमा संबैधानिक गतिरोध अन्त्य गर्न राजनीतिक निर्णय गरेर राष्ट्रपति मार्फत जारी गराएर निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो । मधेसी मोर्चाले विरोध गरेको ११ प्रदेश काग्रेसको प्रस्ताव नभई माओवादीको भएको भन्दै कांग्रेस ६ वा ७ प्रदेश हुने संघीयताको पक्षमा रहेको नेता महतको प्रस्ट धारणा थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका