गैरकानूनी ‘सेटिङ’ मिलाएर विदेश पठाउने गिरोह प्रहरी फन्दामा

४ आश्विन २०६९, बिहीबार १८:२८ मा प्रकाशित

काठमाडौं, ४ असोज । बानेश्वरस्थित केल्भिन ट्राभल्स एण्ड टुर्स प्रा.लि.मा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोली, वैदेशिक रोजगार विभाग र अध्यागमन विभाग समेतको संयुक्त टोलीले असोज ३ गते छापा मारी वैदेशिक रोजगार विभागमा सेटिङ मिलाई गैरकानुनी तवरबाट बिदेश पठाई सर्वसाधारणलाई ठगी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं मालीगाउँ बस्ने मोरङ जिल्ला बिराटनगर उपमहानगरपालिका–१५ जनपथ बस्ने २९ वर्षीय जगत न्यौपाने, काठमाडौं गोंगबु–४ बस्ने पाँचथर जिल्ला कम्पुटार–४ ठेगाना भएका ५० वर्षीय शिवप्रसाद रेग्मी, ललितपुर थसिखेल बस्ने मोरङ जिल्ला बिराटनगर उपमहानगरपालिका–२ तीनपैनी ठेगाना भएका ४० वर्षीय अमित भन्ने अरुणकुमार वर्मा र काठमाडौं महानगरपालिका–३४ बस्ने भोजपुर जिल्ला हेलउछा–६ ठेगाना भएका ३० वर्षीय उमेशकुमार विष्ट रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट गैरकानुनी रुपमा संकलन गरिएका राहदानी १ सय ४१ थान, नक्कली भिसा, स्वास्थ्य परिक्षण फारम, विभित्र छापहरु, नक्कली भिसा बनाउन प्रयोग गरिएका उपकरणहरु, इन्सुरेन्स कम्पनीका खाली फारामहरु लगायत अन्य कागजातहरु समेत वरामद गरी थप आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीको लागि वैदेशिक रोजगार विभाग तीनकुने पठाइएको बताईको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार