नेपोली सिरी ‘ए’ को शीर्षस्थानमा

८ आश्विन २०७८, शुक्रबार ०८:१४ मा प्रकाशित

काठमाडौँ । नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा घरेलु टोली साम्पडोरियामाथि ४–० को सहज जित दर्ता गर्दै नेपोलीले शीर्षस्थानमा स्थान पक्का गरेको हो ।

नेपोलीको फराकिलो जितमा भिक्टर ओसिमहेनले दुई तथा फावियन र पिओटर जिलेन्स्कीले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल सम्भव भएको थियो ।

जितसँगै नेपोली ५ खेलमा शतप्रतिशत जित निकाल्दै १५ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । अपराजित रहेका इन्टर मिलान र एसी मिलानको भने समान खेलबाट १३अंक छ । पराजित साम्पडोरिया ५ अंक जोडेर १३औं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ खेलपछि कतारमा छन् । उनको करार अवधि कार्तिक ५ गते सकिएको छ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।

काठमाडौं । स्कटल्यान्ड र बंगलादेश टी-२० क्रिकेट विश्वकपको सुपर १२ मा प्रवेश गरेका छन् । बिहीबार भएका छुट्टाछुट्टै खेलमा विजयी

काठमाडौं । छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः एक पटक ‘एएफसी यू- २३ एसियन कप २०२२