अमेरिकाको संसद भवनमा भएको आक्रमणमा ट्रम्पका सहयोगिमाथि मुद्दा दर्ता

८ आश्विन २०७८, शुक्रबार ०८:०० मा प्रकाशित

एजेन्सी । अमेरिकाको संसद भवन ‘क्यापिटोल हिल’ मा भएको दंगामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीहरु तानिएका छन् ।

गत जनवरी ६ तारिखमा संसदले राष्ट्रपति चुनावको नतिजा प्रमाणिकरण गर्ने बेला प्रदर्शनकारीहरुले क्यापिटल भवनमा आक्रमण गरेका थिए ।

उनीहरुले संसद भवन केही बेर नियन्त्रणमा लिएका थिए । यस घटनाको छानविन गर्न बनाईएको समितिले पहिलो पटक ४ जना आरोपितमाथि मुद्दा चलाउन निवेदन दिएको छ ।

यी चारैजना पूर्व राष्ट्रपति ट्रम्पका सहयोगी एवं कर्मचारी रहेका छन् । तत्कालिन राष्ट्रपति ट्रम्पका चिफ अफ स्टाफ मार्क मिडोज, डेपुटी चिफ डान स्काभिनो, पूर्व सल्लाहकारहरु स्टिभ बानन र काश पटेल निशानामा परेका हुन् ।

उनीहरुमाथि चुनावबारे दुष्प्रचार गर्दै चुनावी परिणाम उल्टाउन ट्रम्पका समर्थकहरुलाई उक्साएको एवं भड्काएको आरोप लगाईएको छ ।

चारै जनासँग बयान लिन छानविन सतिमिले यही अक्टोबर १४ र १५ तारिखमा बोलाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । तालिवानले अफगानिस्तानकी एक महिला भलिबल खेलाडीको टाउको काटेर उनको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेको छ । काबुल नगरपालिका

सुभा । फिजीमा शुक्रबार नयाँ राष्ट्रपति चयन गरिएको छ । फिजीको संसदले रातु विलियम कातोनिभेरेलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताईवानमाथि हमला गरे अमेरिकाले उसको रक्षा गर्ने चेतावनी दिएका छन् । ‘चीनले ताईवानमाथि

लण्डन । बेलायती महारानी एलिजाबेथ अस्पतालमा एक रात बिताएर काममा फर्केकी छन् । महारानीको स्वास्थ्यमा समस्या देखिएपछि उत्तरी आयरल्याण्डको लागि