हिमाली जिल्लाकाे दशैँअघि, बाँकीको तिहारअघि

क्रियाशील सदस्यता विवाद कायमै रहेका १३ जिल्लाको क्रियाशील सदस्यता विवाद चाँडै टुंग्याएर १० दिनभित्र निर्वाचन समितिलाई विवरण बुझाउने पनि नेताहरूले जनाएका छन्।
८ आश्विन २०७८, शुक्रबार ०७:५८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट हिमाली जिल्लाको अधिवेशन दशैँअघि सक्ने निर्णय भएको हो।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले हिमाली जिल्लामा कार्तिकमै हिउँ पर्ने भएकाले पूर्वनिर्धारित मितिमै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताए।

‘हिमाली जिल्लामा कार्तिक लाग्नेवित्तिकै हिउँ पर्ने भएकाले वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा असोज १८ मै जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ’ यादवले थाहाखबरसँग भने,‘वडा अधिवेशन हुन बाँकी रसुवा र डोल्पामा भने पालिका दशैँअघि वडा अधिवेशन हुन्छ, जिल्ला अधिवेशन भने पछि नै हुन्छ।’

बाँकी जिल्लाको अधिवेशन भने दशैँ-तिहारको बीचमा गर्ने निर्णय भएको छ। यसअघि नै वडा अधिवेशन सम्पन्न भएका जिल्लामा असोज असोज १८ गतेसम्म पालिका अधिवेशन मात्र सकिने यादवले बताए।

क्रियाशील सदस्यता विवाद कायमै रहेका १३ जिल्लाको क्रियाशील सदस्यता विवाद चाँडै टुंग्याएर १० दिनभित्र निर्वाचन समितिलाई विवरण बुझाउने पनि नेताहरूले जनाएका छन्।
हिमाली जिल्लाहरू
१. ताप्लेजुङ
२. संङ्खुवासभा
३. सोलुखुम्बु
४. दोलखा
५. सिन्धुपाल्चोक
६. रसुवा
७. मनाङ
८. मुस्ताङ
९. डोल्पा
१०. जुम्ला
११. मुगु
१२. हुम्ला
१३. कालिकोट
१४. बाजुरा
१५. बझाङ
१६. दार्चुला
१७. धादिङ
१८. रामेछाप
१९. गोरखा
२०. रुकुम (पूर्व)
२१. म्याग्दी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन संसद्मा प्रस्ताव पेस गरेका छन् । प्रदेश १ प्रदेशसभाको नवौँ

काठमाडौं । विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । बाढी पसेर बन्द भएको विमानस्थल दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय