बराबरीमै रोकियो बार्सिलोना

८ आश्विन २०७८, शुक्रबार ०७:५४ मा प्रकाशित

काठमाडौँ । क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा बराबरीमै रोकिएको छ । गएराति भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले घरेलु टोली क्याडिजसँग गोलरहित बराबरी खेलेको हो ।

६५औं मिनेटमा फ्रान्की डि जोङ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडी समेटिन पुगेको थियो । त्यसपछि थप दबाबमा रहेको बार्सिलोना पाएको मौका सदुपयोग नगर्दा अग्रता लिनबाट चुक्दा अंक बाँड्न बाध्य बन्यो ।

यो बराबरी खेलेसँगै बार्सिलोनाले शीर्ष चारमा उक्लने मौका गुमाएको छ । अपराजित बार्सिलोना ५ खेलबाट ९ अंक जोडेर सातौँ स्थानमा रहेको छ । क्याडिज भने ६ अंकसहित १४औं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ खेलपछि कतारमा छन् । उनको करार अवधि कार्तिक ५ गते सकिएको छ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।

काठमाडौं । स्कटल्यान्ड र बंगलादेश टी-२० क्रिकेट विश्वकपको सुपर १२ मा प्रवेश गरेका छन् । बिहीबार भएका छुट्टाछुट्टै खेलमा विजयी

काठमाडौं । छोटो समयको तयारी र कठिन प्रतिद्वन्द्वीको सामना गर्दै नेपालले पुनः एक पटक ‘एएफसी यू- २३ एसियन कप २०२२