माछापालक किसानले गरे नयां प्रविधि र बजारको माग

४ आश्विन २०६९, बिहीबार १७:४१ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ४ असोज । रुपन्देहीका माछापालक किसानहरुले नयां प्रविधि र बजार ब्यवस्थाको माग गरेका छन् । उनीहरुले ब्यवसायिक रुपमा माछा उत्पादनका लागि नयांखालको प्रविधि भए मागअनुसार माछा उतपदन गर्न सकिने बताए ।
परम्परागत प्रविधिका कारण अझै पनि उत्पादन गनर्नुपर्ने बाध्यताले समस्या भएको उनीहरुको भनाई थियो । रुपन्देहीको छपियामा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनीहरुले उल्लेखित माग राखेका हुन् ।
कार्यक्रममा बोल्दै कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख रामानन्द कुर्मीले सिमित श्रोतसाधनका कारण नया प्रविधि भित्रयाउन कठिनाई भएको बताउनुभयो । तर उहाले अबकेहि बर्षमा रुपन्देहीलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउन काम शुरु भएको बताउनुभयो । माछा उत्पादनमा नेपालकै नमूना मानिएको छपियाका किसानहरुलेदाना,माछाका भूरा र रासयनिक मल समयमा नपाएको तथा बजारको ब्यवस्था नभएकोभन्दै त्यसको ब्यवस्था गर्न माग गरेका थिए । कार्यक्रममा जलदेवि मत्स्य उत्पादनसहकारी संघ छपियाका अध्य कृष्ण बहादुर बस्नेतले गुणस्तरीय भुरा र बजारकोउपलब्धता गराउन सके भारतको माछासंग प्रतिस्पर्धा गर्न सक्ने बताउनुभयो ।
उहाले भारतले सस्तोमा माछा उत्पादन गर्दा आफुहरु मर्कामा परेको बताउनुभयो। मत्स्य विकास केन्द्र रुपन्देहीका मत्स्य विकास अधिकृत अशोक कुमार श्रीवास्तवलेआफुहरु प्राविधिक सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममादयानगर गाविसका किसान समूहका प्रतिनिधिहरुले बजारको ब्यवस्थ गर्न माग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको