पूर्वलडाकूहरुसंग कुरा मिल्यो, दुईदिने बन्द फिर्ता

४ आश्विन २०६९, बिहीबार १७:३७ मा प्रकाशित

काठमाडौं, ४ असोज । बहिर्गमित लडाकु र सरकारबीच बिहीबार भएको वार्ता सफल भएको छ । वार्तामा लडाकुको माग बमोजिम प्याकेज उपलब्ध गराउने, विगतमा भएका सहमति समेत कार्यान्वयन गर्न ठोस पहल गर्ने, लडाकुका बन्दीथुनुवाहरुको विवरण शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा बुझाउने र सो सम्बन्धमा अर्को वार्तामा गृह मन्त्रालयका प्रतिनिधिसहित छलफल गर्ने सहमति भएको बताइएको छ ।
वार्ताबाट सन्तुष्ट पूर्व लडाकूहरुले आगामी शनिबार र आइतबार (असोज ६ र ७ गते) गर्ने भनेको बन्द र विरोधका कार्यक्रम फिर्ता लिएका छन्। पूर्वलडाकू र सरकारबीच बहिर्गमित लडाकु आवद्ध सशस्त्र द्वन्द्वमा घाइते अपाङ्ग भएका व्यक्तिहरु निर्धारित मापदण्डबमोजिम उपचार गर्ने र सुविधा लिने प्रक्रियामा समावेश हुने र बन्द र विरोधका कार्यक्रम फिर्ता लिने गरी चार बुँदे सहमति भएको छ। वार्ता बिहिबार शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार