ईपीएलका लागि पोखरा राईनोज तयार, विनोद भण्डारीले कप्तानी गर्दै

७ आश्विन २०७८, बिहीबार १८:२९ मा प्रकाशित

काठमाडौं ।शनिबारबाट सुरू हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल)क्रिकेटमा चुनौती पेश गर्नका लागि पोखरा राइनोजले सम्पूर्ण तयारी पूरा गरेको छ। प्रतियोगिताका लागि आफ्नो टिम तयार अवस्थामा रहेको टोलीकी मालिक दीपा अग्रवालले बताइन्। टिम डाइरेक्टर दीपेन्द्र चौधरीले टोलीमा नेपालका युवा खेलाडी र अनुभवी विदेशी खेलाडीक‍ो समिश्रण रहेको बताए ।

राष्ट्रिय टिमका तीन र चार विदेशी खेलाडी सम्मिलित टोलीमा युवा खेलाडीको बाहुल्यता छ । टोलीको कप्तानी विनोद भण्डारीले गर्दैछन् । भारतीय प्रशिक्षक उमेश पट्वालले टोलीलाई प्रशिक्षण दिदैंछन् । पट्वालले उपाधि जित्ने लक्ष्यसहित तयारी अघि बढाइएको बताए ।

यस्तो छ टोली :
खेलाडी : विनोद भण्डारी, सुशन भारी, देवशाह, विपिन रावल, अर्जुन कुमाल, विक्रम सोब, विपिन खत्री, ल‍ोकबहादुर बम, रित गौतम सुनिल धमला, विवेककुमार यादव, रविन्द्र शाही, किशोर महतो, नन्दनयादव,सोहिल कुँवर, रिचर्डलेभी, साहन अरासिने, केस्रिक विलियम्स, असेला गुणरत्ने।

प्रशिक्षक तथा सपोर्ट स्टाफ : उमेश पट्वाल (मुख्यप्र शिक्षक), दीपेन्द्र चौधरी (टिम डाइरेक्टर), शक्ति गौचन (बलिङ प्रशिक्षक), रिजन प्राजो (फिल्डिङ प्रशिक्षक), विक्रम न्यौपाने (फिजिय‍ो), गोकुल अत्रेय (टिमएनालिस्ट)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा आज बिहीबार घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।बिहीबार रिपब्लिकन सेन्ट्रल

काठमाडौं । साविकको विजेता म्यानचेस्टर सिटी कारावाओ कपको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ । बुधबार भएको खेलमा सिटी वेस्ट ह्याम युनाइटेडसँग पेनाल्टी

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित हुँदा रोमा र इन्टर मिलन भने विजयी भएका छन् । बुधबार राति

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।