राष्ट्रपति भण्डारीद्वारा विनियोजन विधेयक प्रमाणिकरण

७ आश्विन २०७८, बिहीबार १८:१७ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले विनियोजन विधेयक प्रमाणिकरण गरेकी छन् ।

संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेकी हुन् । यसअघि आजै सभामुख अग्नि सापकोटाले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए । विनियोजन विधेयक प्रमाणिकरण भएपनि बजेट आश्रित अन्य दुई विधेयक भने राष्ट्रियसभाबाट पारित हुन बाँकी रहेको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकले बजेआश्रित आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित गरेको थियो । ति दुबै विधेयक शुक्रबार बस्ने राष्ट्रियसभाको बैठकमा टेवल हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।अन्ततः एमाले अध्यक्ष केपी ओलीले पार्टीका मै हुँ भन्ने सबै नेतालाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादलको अन्डरमा रहने गरी

काठमाडौं । विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । बाढी पसेर बन्द भएको विमानस्थल दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल

काठमाडौं । पहिरोका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको पानी पुनःकाठमाडौँ उपत्यकामा कहिले आउँछ भन्नेमा अन्योल कायमै छ । राष्ट्रिय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्