भ्रमण रोक्न ‘बन्द’ घोषणा

४ आश्विन २०६९, बिहीबार १५:३८ मा प्रकाशित

काठमाडौं, ४ असोज । एमाओवादी, माओवादीलगायतका दलहरुले शुक्रबार म्याग्दी बन्दको घोषणा गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको पश्चिमाञ्चल भ्रमणलाई प्रभावित पाने उद्देश्यले गरिएको बन्दमा कांग्रेस, एमालेका जिल्ला समितिहरुले समेत साथ दिन लागेको बताइएको छ । पूर्वराजाले शुक्रबार म्याग्दी भ्रमण गर्दैछन्।
यसैबीच भ्रमणका कार्यक्रमका सहयोगी राप्रपाका केन्द्रीय सदस्य जगत गौचनले पूर्वराजाको भ्रमण रोक्नका लागि बन्दको आयोजना गर्नु राजनीतिक दलहरुको हतास मनस्थितिको उपज भएको प्रतिक्रिया दिएका छन् । धार्मिक उद्देश्यले गरिएको भ्रमणमा राजनीतिक गन्ध देख्नु दलहरुको कुविचारको परिणाम भएको भन्दै गौचनले बन्द घोषणा गरिए पनि भ्रमण भएरै छोड्ने दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई