करिना कपुर सीता बन्न नपाउँदा‍…

७ आश्विन २०७८, बिहीबार १६:३२ मा प्रकाशित

काठमाडौं। पछिल्लो केही समय ‘सीता’ बन्ने कुराले चर्चामा रहेकी बलिउड अभिनेत्री करिना कपुरले यसपालिको जन्मदिन पति सैफ अलि खानका साथमा माल्दिभ्समा मनाइन् ।

२१ सेप्टेम्बर अर्थात् मंगलबार आफ्नो ४१औं जन्मदिन मनाएकी करिनाले इन्स्ट्रामा स्टोरी हाल्दै आफूलाई शुभकामना व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेकी छिन् ।

करिना केहीअघिसम्म ‘सीता–दि इन्कार्नेसन’ नामक फिल्ममा सीताको भूमिका निर्वाह गर्ने कुराले चर्चामा थिइन् । उनले सीता बन्न १२ करोड भारु पारिश्रमिक माग गरेकोसमेत खबर आएको थियो । तर, यो खबर त्यतिबेला गलत प्रमाणित भयो, जतिबेला सो फिल्मको निर्माण पक्षले करिनालाई कहिल्यै प्रस्ताव नै नगरिएको जानकारी दियो ।

‘सीता–दि इन्कार्नेसन’ को स्क्रिप्ट नै कंगना रनावतलाई हेरेर लेखिएकाले अरु अभिनेत्रीलाई प्रस्ताव गरिने कुरै नभएको फिल्मका निर्देशक अलौकिक देसाईले बताएका छन् । अर्काे वर्ष प्रदर्शनमा आउने सो फिल्म अ ह्युमन बिइङ स्टुडियोेले निर्माण गर्दैछ । आफू सीता बन्न नपाएको बारे भने करिनाको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। अभिनेत्री श्वेता तिवारी बेला बेला चर्चामा आइरहने कलाकार हुन् । उनी अहिले केपटाउनमा छिन् । टेलिभिजन शो ‘खतरों के

काठमाडौं । कलाकारिता क्षेत्रमा विशेष गरेर अभिनेत्रीहरु उमेर अनुसारका देखिदैँनन् । नेपालमा त्यो अवस्था कम भए पनि बलिउड, हलिउडमा खुबै

काठमाडौं- गायिका समिक्षा अधिकारीले नायक पल शाह र आफूबीच अनैतिक सम्बन्ध रहेको हल्ला चलेपछि मुख खोलेकी छन् । उनले आफूहरूबीच

काठमाडौं । शिल्पा शेट्टी कुनै समयकी सफल अभिनेत्री हुन् । उनले बलिउडका प्राय: कलाकारहरूसँग स्क्रिन सेयर गरेकी छिन् । ठूलो

आजको प्रमुख समाचार