भट्टराई सरकारले नै राष्ट्रिय सहमतिको स्वरुप पाउने दाबी

४ आश्विन २०६९, बिहीबार १४:४७ मा प्रकाशित

जनकपुरधाम, ४ असोज । अर्थमन्त्री वर्षमान पुनले बाबुराम भट्टराई नेतृत्वकै सरकारले संविधानसभाको चुनाव गराउने बताएका छन्। जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री पुनले यही सरकार राष्ट्रिय सहमतिको सरकार बन्ने वातावरण सिर्जना भइरहेको दाबी गरे।
उनले जनताको माग पनि निर्वाचन नै रहेकाले माओवादीलगायत सबै दल निर्वाचनमा जान तैयार छन् भने।
‘राजनीतिक दलहरुबीच सहमति भए जेठ, वैशाखभित्रै संविधानसभाको चुनावको मिति तोकिने छ’, अर्थमन्त्रीले भने।
उनले यसअघि पूर्ण संसद नभएकाले आंशिक बजेट आएको थियो तर अब राजनीतिक सहमतिमा पूर्ण बजेट आउने विश्वास व्यक्त गरे।
अर्थमन्त्री पुनले आजै जनकपुरस्थित आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको स्थलगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका थिए। (रासस)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्