आत्महत्याको प्रयास गरेका लोप्चनको उपचारका क्रममा मृत्यु

४ आश्विन २०६९, बिहीबार १४:२५ मा प्रकाशित

काठमाडौं, ४ असोज । गत साता लण्डनमा आत्महत्याको प्रयास गरेका प्यारालम्पिक नेपाली अफिसियल मानबहादुर लोप्चनको उपचारको निधन भएको समाचार प्राप्त भएको छ । इष्ट लन्डनस्थित रोयल लन्डन हस्पिटलमा अचेत अवस्थामा उपचार गराइएका उनको ब्रेनमा अक्सिजन सप्लाईको कमी (हाइपोक्सिक ब्रेन ड्यामेज)का कारण निधन भएको बताइएको छ । लोप्चनले घांटीमा पासो लगाएपछि अक्सिजन सप्लाईको कमीले ब्रेनको टिष्यु मर्दै गएर उनको चिन्ताजनक अवस्थामा आइसीयु साइड रुममा उपचार गराइएको थियो ।
लन्डन प्यारालम्पिक खेलमा नेपालको प्रतिनिधित्व गर्दै यहां आएका नेशनल प्यारालम्पिक कमिटी, नेपालका सदस्य ४५ वर्षीय लोप्चनले अघिल्लो सोमबार राती डोरीको पासो लगाई आत्महत्या गर्ने प्रयास गर्दा अकष्मात हृदयघात भएपछि उनलाई प्रहरीले तत्काल लन्डन एम्बुलेन्स् सर्भिसमार्फत उपचारार्थ अस्पताल लगेको थियो ।
उता लोप्चन परिवारले भने आत्महत्या नभई उनको हत्या प्रयास भएको दावी गरेको छ । ओलम्पिक कमिटीमा आर्थिक अनियमितताको प्रसंग उठाएकाले लोप्चनको हत्या प्रयास गरिएको परिवारको दावी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा